६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इङ्गल्याण्डलाई २-१ ले हराउदै स्पेन चौथोपटक युर‍ोकप विजेता



काठमाडौं, इङ्गल्याण्डलाई २-१ ले हराउदै स्पेन युर‍ोकप २०२४ को विजेता भएको छ। य‍ो सहित स्पेन चौथोपटक युरोकप विजेता भएको हो ।

ओलम्पिक स्टेडियम वर्लिनमा सम्पन्न फाइनलमा स्पेनको लागि खेलको ४७ मिनेटमा एथलेटिक‍ मेड्रिडका २२ वर्षिय निको विलियम्सले पहिलो गोल गरे ।

उता इङ्गल्याण्डका लागि चेल्सीका स्ट्राइकर २२ वर्षिय कोल पाल्मरले ७३ मिनेटमा बराबरी गोल फर्काउदै स्कोर १-१ को बराबरीमा पुर्याए ।

खेलको ८६ मिनेटमा रियल सोसिडाडको विङ्गर मिचेल ओयार्जाबलले  गोल गर्दै स्पेनलाई चौथोपटक युरोकप विजेता बनाए ।

स्पेनी मिडफिल्डर रोड्री बेस्ट प्लेयर र फ्रान्सेली गोलकिपर माइक माइगनले गोल्डेन ग्लोभ जिते ।

३ गोल गरेका इङलिस हेरी कान, स्पेनिस डानी ओल्मो, डच क‍डी गोप्पो, जर्मन जमाल मुसियाला, स्लोभाकियाको इभान स्क्रान्च र जर्जियन जर्ज मिकाड्जेले संयुक्तरूपमा गोल्डेन बुट जिते।

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज