खादबारी,एक मात्र प्रतिनिधि सभाकाे सिट रहेकाे संखुवासभाबाट नेपाली काङ्ग्रेसको उम्मेदवार दिपक खड्का प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्र गाैतमलाई भारी मतान्तरले पराजित गर्दै विजयी बन्नुभएकाे छ। खड्काले गाैतमलाई ५,४४५ मतले हराउनुभयाे। नेपाली काङ्ग्रेसको उम्मेदवार खड्काले ३२,१५८ मत प्राप्त गर्दा नेकपा एमालेका गौतमले २६,७१३ मत पाउनुभयो ।