६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेम्वाङ ४७ मतले विजयी ,पाँचथरकाे मतगणनाकाे अन्तिम नतिजा



फिदिम,एकमात्र प्रतिनिधि सभाकाे सिट रहेकाे पाँचथर जिल्लामा नेकपा एमालेकाे केन्द्रीय सदस्य तथा पूर्व भौतिक याेजना मन्त्री वसन्त कुमार नेम्वाङ ३२,११० मत प्राप्त गर्दै विजयी हुनुभएको छ। ४७ मतान्तरबाट विजयी बन्नुहुदा निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसको सह-महामन्त्री तथा पूर्व संविधानसभा सदस्य भिष्मराज आङदेम्बेले ३२,०६३ मत पाउनुभयो ।

कुल ७४,४९३ मत खसेको पाँचथरमा राप्रपाका कमल बहादुर चेम्जोङले १,५७६ मत,जसपाकाे प्रेमराज लावतीले १,२७४ मत,संघीय लाेकतान्त्रिक मन्चका जसबहादुर याेङहाङले १,०१० मत,नेकपा मालेका दिननाथ घिमिरेले ८१५ मत,नेस्वपाकाे दलप्रसाद लिङदेनले ५२५ मत,मंगाेल नेशनलका रामकुमार तुम्राेकले ५२१ मत,जनमुक्तिका नरेन्द्र प्रसाद कुरुम्वाङले ३०१ मत,राप्रपा नेपालका मदन कुमार पाेख्रेलले २५२ मत प्राप्त गर्नुभयो ।

उता स्वतन्त्रहरुमा दलबहादुर आङदेम्बेले १०८ मत,लाख बहादुर पालुङ्वाले ८६ मत,भिम बहादुर तामाङले ३९ मत,विष्टन लावतीले ३५ मत र बालकृष्ण कफ्लेले १७ मत पाउनु भयाे। ३,७६० मत बदर भएको थियाे।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ५८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज