७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम-२ मा ११४ मतले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी



इलाम,इलाम जिल्लाकाे निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेकाे नेता सुवासचन्द्र नेम्वाङ विजयी हुनुभएको छ।लगातार अग्रता बनाउनुभएकाे नेम्वाङ केही समय नेपाली काङ्ग्रेसको इलाम सभापति डम्बरबहादुर खड्का भन्दा झिनाे मतले पछि पर्नु भएकाे थियाे। अन्तत: साे क्षणलाई उल्टाउदै नेकपा एमालेका उपाध्यक्ष नेम्वाङले खड्कालाई ११४ मतले पराजित गर्नुभयाे।

उपाध्यक्ष नेम्वाङले ३०,०२० मत प्राप्त गर्दा सभापति खड्काले २९,९०६ मत पाउनुभयो ।पाँचौं पटक संसद प्रवेश गर्नमा खड्काकाे कठिन चुनौतीकाे बावजुद नेम्वाङ सफल हुनुभयो। तेश्राे स्थानमा प्रकाश सापकाेटा(नेस्वपा)ले १,३८० मत ल्याउदा मणिबहादुर लिम्बू(मंगाेल)ले १,३६३ मत पाउनु भयाे। खड्कबहादुर पालुङ्वा(जनमुक्ति)ले१,२७२ मत,यामबहादुर लिम्बू(जसपा)६८४ मत, गणेशप्रसाद दुलाल(राप्रपा)ले ५१० मत प्राप्त गरेकाे जनाइएको छ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : ३१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज