काठमाडौं,कतारमा जारी विश्वकप फुटबलको ग्रुप डिकाे खेलमा फ्रान्स डेनमार्कलाई २-१ ले हराउदै अन्तिम १६ मा पुग्ने पहिलो टिम बनेको छ। याे जितसँगै फ्रान्सले २०२२ काे नेशन्स लिगमा डेनमार्कसँगकाे हारकाे बदला समेत लिएकाे छ।
गाेल्डेन बुटकाे दावेदारसहित ३ गाेल गर्ने क्रममा एम्बाप्पेेले खेलकाे ६१ र ८६ मिनेटमा २ गाेल गरे। २५ बर्षमै सर्वाधिक ७ गाेल विश्वकपमा पेले पछि एम्बाप्पेकाे नाममा रह्यो। डेनमार्क काे लागि एक गाेल ६८ मिनेटमा आन्द्रेस क्रिस्टेनसन्सले गरे।
यसअघि फ्रान्सले अष्ट्रेलियालाई ४-१ ले हराएको थियाे भने डेनमार्क र ट्युनिसियाले गाेलरहित बराबरी खेलेका थिए। फ्रान्स २००६ पछि प्रि-क्वाटरफाइनलमा पुग्ने पहिलाे च्याम्पियन टिम पनि बनेकाे छ।
प्रतिक्रिया