ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना विद्यार्थीले उत्तीर्ण गरेका छन्।हालै गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको आधारभूत तहको परिक्षाफलमा सो तथ्य सार्वजनिक भएको हो । गाउँपालिकाबाट आठवटा सामुदायिक विद्यालयका १७८ जना कक्षा ८ का परिक्षार्थीहरुले परीक्षा दिएकोमा चारवटा विद्यालयले शुन्य नतिजा हात पारेको जनाइएको छ। २५ जना विद्यार्थीले दुई विषय अनुत्तीर्ण गरेकोमा…