काठमाडौं,रौतहटमा प्रहरीले एसइइको विज्ञान विषयको प्रश्नपत्र लिक गर्ने प्रधानाध्यापक सहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजदेवी नगरपालिकाका श्री मावि पथराका प्रअ ४५ वर्षिय उतिचन्द्र यादव हुन् । उनले ह्वाटसएप ग्रुप बनाएर आज भएको विज्ञान विषयको प्रश्नपत्र लिक गरेका थिए । यो बाहेक प्रहरीले २ हजार मोवाइल नियन्त्रणमा लिएको छ ।
अन्य पक्राउ परेका निरिक्षकहरुमा गढिमााइ नगरपालिकाको सरस्वती माविका ललन राय यादव, मौलापुर नगरपालिकाको बुधरामका अमोदप्रसाद यादव र शंकर माविका अबधलाल राम र राकेशकुमार यादव र सरस्वती मावि पिपराका राम सोगारथ यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनु भयो ।
पक्राउ परेकाहरुलाई शिक्षा ऐन,२०२८ को दफा १७ को उपदफा १ अनुसार एक लाख रुपैयासम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया