२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“शिक्षकहरुले पेशागत मर्यादा कायम राख्नु पर्छ ।” सम्मानित प्रअ खड्ग खरेल,महेन्द्र रत्न मावि,विर्तामोड



पाँचथर,झापाको महेन्द्र रत्न माविको प्रधानाध्यापक खड्क प्रसाद खरेलले शिक्षकहरुले पेशागत मर्यादालाई कायम राख्नु पर्ने बताउनुभएको छ। फिदिममा नेपाल शिक्षक संघको कोशी प्रदेशको पाँचौं प्रतिनिधि सभामा सम्मानित भएपछि सम्मान ग्रहण गर्दै उहाँले  सो कुरा भन्नु भएको हो ।

कोशी प्रदेशको प्रदेश सभापती तेजप्रकाश चौलागाईको अध्यक्षता तथा प्रदेश महासचिव मातृका न्यौपानेद्वारा संचालित सो प्रतिनिधी सभाको प्रमुख अतिथी नेपाल शिक्षक संघ,संघिय अध्यक्ष सोमनाथ गिरी र अन्य अतिथीहरुमा उपाध्यक्ष वीरेन्द्र खड्का,महासचिव ज्ञानेन्द्र बहादुर रावल ,उपमहासचिव तथा प्रवक्ता नारायण प्रसाद तिमिल्सेना हुनुहुन्थ्यो ।

अन्य अतिथीहरुमा नेपाली काङ्ग्रेस पाँचथरका सभापती रुपनारायण जवेगु,पूर्व सभापती नरेन्द्रकुमार केरुङ तथा पाँचथरका फिदिम नगरपालिकाको मेयर मित्रप्रसाद काफ्ले,हिलिहाङ गाँउपालिकाको अध्यक्ष समरबहादुर अधिकारी,फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष बृजहाङ आङदेम्बे तथा तुम्बेवा गाँउपालिकाको अध्यक्ष बाबुराम खड्का एवम् पाँचथर जिल्ला समन्वय समितीको प्रमुख रामराज आङ्देम्बे हुनुहुन्थ्यो ।

प्रदेश महिला उपाध्यक्ष रामकुमारी भण्डारीद्वारा स्वागत मन्तब्य व्यक्त गरिएको सो प्रतिनिधी सभालाई सम्बोधन गर्दै अतिथी तथा पाँचथर सभापती रुपनारायण जवेगुले नेपाली काङ्ग्रेसले सधै शिक्षकहरुको मागलाई सम्बोधन् गर्ने बताउनुभयो भने नरेन्द्रकुमार केरुङले शिक्षकहरु समाजका ज्ञानका सम्बाहक भएको बताउनुभयो ।

सो प्रतिनिधी सभालाई सम्बोधन् गर्ने क्रममा हिलिहाङ गाँउपालिकाको अध्यक्ष समर बहादुर अधिकारीले गाँउपालिकाले सदैव शिक्षकहरुको पक्षमा काम गर्ने बताउनु भयो भने फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष बृजहाङ आङ्देम्बेले भने संघिय शिक्षा ऐनले काम गर्न सहज नभएकोले सो ऐन फिर्ता गर्नुपर्ने बताउनुभयो ।

उता तुम्बेवा गाँउपालिकाको अध्यक्ष बाबुराम खड्काले भने शिक्षकहरुले कक्षाकोठामा आफूलाई अब्बल राख्नुपर्ने बताउदा जिसस प्रमुख रामराज आङ्देम्बेले भने आफूपनि पूर्व शिक्षक भएकोले शिक्षकहरुको हितमा काम गर्ने बताउनु भयो ।

सो उदघाट्न कार्यक्रमलाई सम्बोधन गर्दै संघिय उपाध्यक्ष वीरेन्द्र खड्काले नेपाल शिक्षक संघमा लागेर आफूले कुनै अवसर नपाएता पनि शिक्षक बनेर सगर्व टाउको उठाउन पाएको बताउनुभयो ।

“मैले जागिर आरम्भ गरेदेखि शिक्षक संघमा छु तर हालसम्म कुनै लाभ लिएको छैन ।”सम्मानित प्रअ खरेलले  भन्नु भयो ।

सो सभामा अध्यक्ष शिक्षक नेता तेज प्रसाद चौलागाइले समग्र शिक्षकहरुको हितको खातिर शिक्षक संघ लड्ने बताउनुहुदा प्रमुख अतिथी सोमनाथ गिरीले शिक्षक आन्दोलनबाट प्राप्त उपलब्धीको संरक्षण गरिने बताउनुभयो ।

 

 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ३० बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक