४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“शिक्षकहरुले पेशागत मर्यादा कायम राख्नु पर्छ ।” सम्मानित प्रअ खड्ग खरेल,महेन्द्र रत्न मावि,विर्तामोड



पाँचथर,झापाको महेन्द्र रत्न माविको प्रधानाध्यापक खड्क प्रसाद खरेलले शिक्षकहरुले पेशागत मर्यादालाई कायम राख्नु पर्ने बताउनुभएको छ। फिदिममा नेपाल शिक्षक संघको कोशी प्रदेशको पाँचौं प्रतिनिधि सभामा सम्मानित भएपछि सम्मान ग्रहण गर्दै उहाँले  सो कुरा भन्नु भएको हो ।

कोशी प्रदेशको प्रदेश सभापती तेजप्रकाश चौलागाईको अध्यक्षता तथा प्रदेश महासचिव मातृका न्यौपानेद्वारा संचालित सो प्रतिनिधी सभाको प्रमुख अतिथी नेपाल शिक्षक संघ,संघिय अध्यक्ष सोमनाथ गिरी र अन्य अतिथीहरुमा उपाध्यक्ष वीरेन्द्र खड्का,महासचिव ज्ञानेन्द्र बहादुर रावल ,उपमहासचिव तथा प्रवक्ता नारायण प्रसाद तिमिल्सेना हुनुहुन्थ्यो ।

अन्य अतिथीहरुमा नेपाली काङ्ग्रेस पाँचथरका सभापती रुपनारायण जवेगु,पूर्व सभापती नरेन्द्रकुमार केरुङ तथा पाँचथरका फिदिम नगरपालिकाको मेयर मित्रप्रसाद काफ्ले,हिलिहाङ गाँउपालिकाको अध्यक्ष समरबहादुर अधिकारी,फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष बृजहाङ आङदेम्बे तथा तुम्बेवा गाँउपालिकाको अध्यक्ष बाबुराम खड्का एवम् पाँचथर जिल्ला समन्वय समितीको प्रमुख रामराज आङ्देम्बे हुनुहुन्थ्यो ।

प्रदेश महिला उपाध्यक्ष रामकुमारी भण्डारीद्वारा स्वागत मन्तब्य व्यक्त गरिएको सो प्रतिनिधी सभालाई सम्बोधन गर्दै अतिथी तथा पाँचथर सभापती रुपनारायण जवेगुले नेपाली काङ्ग्रेसले सधै शिक्षकहरुको मागलाई सम्बोधन् गर्ने बताउनुभयो भने नरेन्द्रकुमार केरुङले शिक्षकहरु समाजका ज्ञानका सम्बाहक भएको बताउनुभयो ।

सो प्रतिनिधी सभालाई सम्बोधन् गर्ने क्रममा हिलिहाङ गाँउपालिकाको अध्यक्ष समर बहादुर अधिकारीले गाँउपालिकाले सदैव शिक्षकहरुको पक्षमा काम गर्ने बताउनु भयो भने फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष बृजहाङ आङ्देम्बेले भने संघिय शिक्षा ऐनले काम गर्न सहज नभएकोले सो ऐन फिर्ता गर्नुपर्ने बताउनुभयो ।

उता तुम्बेवा गाँउपालिकाको अध्यक्ष बाबुराम खड्काले भने शिक्षकहरुले कक्षाकोठामा आफूलाई अब्बल राख्नुपर्ने बताउदा जिसस प्रमुख रामराज आङ्देम्बेले भने आफूपनि पूर्व शिक्षक भएकोले शिक्षकहरुको हितमा काम गर्ने बताउनु भयो ।

सो उदघाट्न कार्यक्रमलाई सम्बोधन गर्दै संघिय उपाध्यक्ष वीरेन्द्र खड्काले नेपाल शिक्षक संघमा लागेर आफूले कुनै अवसर नपाएता पनि शिक्षक बनेर सगर्व टाउको उठाउन पाएको बताउनुभयो ।

“मैले जागिर आरम्भ गरेदेखि शिक्षक संघमा छु तर हालसम्म कुनै लाभ लिएको छैन ।”सम्मानित प्रअ खरेलले  भन्नु भयो ।

सो सभामा अध्यक्ष शिक्षक नेता तेज प्रसाद चौलागाइले समग्र शिक्षकहरुको हितको खातिर शिक्षक संघ लड्ने बताउनुहुदा प्रमुख अतिथी सोमनाथ गिरीले शिक्षक आन्दोलनबाट प्राप्त उपलब्धीको संरक्षण गरिने बताउनुभयो ।

 

 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ३० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज