फिदिम,पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ काे लागि ९६ कराेड ९५ लाखकाे वार्षिक बजेट सार्वजनिक गरेकाे छ। नगरसभामा नगरपालिकाकाे उपप्रमुख राधाकृष्ण न्यौपानेले उक्त बजेट सार्वजनिक गर्नुभएकाे हाे। उक्त बजेटमा पूर्वाधार विकासमा रु २१ कराेड ४५ लाख,सामाजिक विकासमा ५२ कराेड ५७ लाख,आर्थिक विकासमा ७ कराेड ४४ लाख,वन वातावरण तथा विपदमा १९ कराेड ८०…