रिता थाम्सुहाङ, दार्चुला ,२५ भदौ ,अविरल वर्षापछि आएको पहिराेकाे कारण दार्चुलाकाे नाैगाड र महाकालीमा ६जनाकाे मृत्यु हुनकाे साथै १० जन बेपत्ता भएका छन्।मृत्युु हुनेमा नाैगाड-२का ३२बर्षिया जानकी ठगुन्ना,१५ बर्षिया धनुली ठगुन्ना र ६८ बर्षका माेहनराम बाेहाेरा छन्। यसरी नै महाकाली-२ का ७७बर्षिय नन्दराम बाेहाेरा र ४३ बर्षिया मानमति कार्कीकाे पनि मृत्यु भएकाे प्रहरीले जनाएको छ।…