१७६३ सालको स्याहामोहर र शाहाङ राय -याङरुपको मोरङमा परेको सामाजिक प्रभाव मनु योङहाङ, स्कलर, समाजशास्त्र विभाग, नेपाल खुला विश्वविद्यालय सारकथन प्रस्तुत लेख मध्यकालको नेपाल, सेनराज्यको महारानी इन्दु राजराजेश्वरीको स्याहामोहर र पल्लो किराँतको एउटा शक्तिशाली राज्य याङरुपको राजा शाहाङ रायसँग सम्बन्धित छ । यो लेखको मुख्य उद्देश्य त्यो स्याहामोहरको कारण तत्कालिन भारतको पूर्णियासम्म पल्लो किराँतमा…