२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्काउनू : सर्वोच्च अदालत



काठमाडौं : सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र स्कुल फर्काउने वातावरण बनाउन सरकारको नाममा आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्काउन आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अच्युत कुईंकेल बताए। 

उनका अनुसार शिक्षकका जायज माग सम्बोधन गर्न, एसईई बोर्डको परीक्षाफल समयमै प्रकाशित गर्न र १२ कक्षाको परीक्षा समयमै सञ्चालन गर्न आदेश भएको हो। 

‘शिक्षकको निरन्तरको आन्दोलनले देशभरि पठनपाठन प्रभावित भएको र त्यसका कारण बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपरेको भन्दै शिक्षकका जायज माग सम्बोधन गर्न, एसईईको नतिजा प्रकाशन र १२ कक्षाको परीक्षा सञ्चालन गर्न आदेश भएको छ,’ उनले भने।

अधिवक्ता  श्रवण कुमार चौधरीले बुधबार मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, संघीय संसद, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ११ : ०९ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक