१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रधानमन्त्री ओली र शिक्षक महासंघका पदाधिकारीबीच भेटवार्ता



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन्।

विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर महासङ्घको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए।

मन्त्रिपरिषद्को गत वैशाख २ गतेको बैठकले सङ्घीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बैठकको आह्वान गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को सोही बैठकले महासङ्घले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरूलाई आह्वान गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ११ : १० बजे

हरिश्चन्द्रसेनको १७१९ सालको स्याहामोहर र यलेकवा श्री, मोरङ तथा लिम्बुवान

        मनु योङहाङ सारकथन प्रस्तुत लेख  पुरातत्व पत्र सङ्ग्रह दोश्रो

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको

सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

काठमाडौँ ।  विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू

कांग्रेस सांसद तिमिल्सेनाको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई

शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका