इलाम । इलाममा अन्तर्राष्ट्रिय स्तरको “इलाम साहित्य महोत्सव” आयोजना हुने भएको छ। आगामी वैशाख १८ र १९ गते सञ्चालन हुने महोत्सवको यो पाँचौँ संस्करण हो । महोत्सव “पर्यटनका लागि साहित्य” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको हो। यसपटक छिमेकी देश भारतका सिक्किम, दार्जिलिङ र पटना लगायत क्षेत्रबाट साहित्यकार तथा साहित्यिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको…