६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित



म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन् । आफ्नै विद्यालयकी शिक्षिकालाई तल्लो जात भन्दै पकाएका खाना नछुनु भन्ने आठराई गाँउपालिकाको एक आधारभूत विद्यालयको प्रधानाध्यापकलाई ९ महिला जेल सजाय तोकिएको छ ।

आफ्नै विद्यालयकी शिक्षिकामाथि जातीय विभेद गरेको आरोपमा प्रधानाध्यापक तारादेवी खतिवडा दोषी ठहरिएकी छन्।

जिल्ला अदालत तेह्रथुमले उनलाई ९ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।

अदालतका अनुसार खतिवडाले “तल्लो जात” भन्दै विद्यालयमा पकाइएको खाना नछुनु भनेर शिक्षिका एलिसा विश्वकर्मामाथि भेदभाव गरेकी थिइन्।

विभेदपछि शिक्षिका एलिसाले कानुनी उपचार खोजेकी थिइन् ।

नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक र सोही धाराको उपधारा ५ मा सामाजिक अपराध मानिने उल्लेख छ ।

यो फैसलासँगै जातीय विभेदविरुद्ध कानुनी कडाइ पुनः उजागर भएको छ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ८ : २४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज