म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन् । आफ्नै विद्यालयकी शिक्षिकालाई तल्लो जात भन्दै पकाएका खाना नछुनु भन्ने आठराई गाँउपालिकाको एक आधारभूत विद्यालयको प्रधानाध्यापकलाई ९ महिला जेल सजाय तोकिएको छ ।
आफ्नै विद्यालयकी शिक्षिकामाथि जातीय विभेद गरेको आरोपमा प्रधानाध्यापक तारादेवी खतिवडा दोषी ठहरिएकी छन्।
जिल्ला अदालत तेह्रथुमले उनलाई ९ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।
अदालतका अनुसार खतिवडाले “तल्लो जात” भन्दै विद्यालयमा पकाइएको खाना नछुनु भनेर शिक्षिका एलिसा विश्वकर्मामाथि भेदभाव गरेकी थिइन्।
विभेदपछि शिक्षिका एलिसाले कानुनी उपचार खोजेकी थिइन् ।
नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक र सोही धाराको उपधारा ५ मा सामाजिक अपराध मानिने उल्लेख छ ।
यो फैसलासँगै जातीय विभेदविरुद्ध कानुनी कडाइ पुनः उजागर भएको छ।







प्रतिक्रिया