इटहरी । पूर्वकै वैभवशाली सहर सुनसरीको इटहरीमा यही २०८२ साल मङसिर ७ गते आइतबार मनु योङहाङको पुस्तक उपन्यास "सेक्मुरी फूल"माथि विमर्श र परिचर्चा कार्यक्रम हुने भएको छ । इटहरी-६ को सङ्गित चोकमा रहेको होटल इधिङ्गो इनमा दिनको ठिक १:०० बजे कार्यक्रम शुरु हुने आयोजक सुनकोशी मेनपावर इटहरीको प्रवन्ध निर्देशक गजेन्द्र योङहाङले जनाउनु भएको छ ।…