इटहरी । पूर्वकै वैभवशाली सहर सुनसरीको इटहरीमा यही २०८२ साल मङसिर ७ गते आइतबार मनु योङहाङको पुस्तक उपन्यास “सेक्मुरी फूल”माथि विमर्श र परिचर्चा कार्यक्रम हुने भएको छ । इटहरी-६ को सङ्गित चोकमा रहेको होटल इधिङ्गो इनमा दिनको ठिक १:०० बजे कार्यक्रम शुरु हुने आयोजक सुनकोशी मेनपावर इटहरीको प्रवन्ध निर्देशक गजेन्द्र योङहाङले जनाउनु भएको छ ।
लामो समयसम्म त्रिविमा प्राध्यापन गर्नुभएका डा. मोहन कुमार तुम्बाहाङ र उपन्यासमा नै विद्यावारिधी गर्नुभएका त्रिविका सह-प्राध्यापक डा. इन्दिरा मिश्रद्वयले समिक्षा एवम् परिचर्चा गर्नुहुने सो कार्यक्रमको आयोजना सुनकोशी मेनपावर प्रा.लि. र हिलिहाङ डटकमले गरेको हो ।
यसअघि कार्तिक २९ गते शनिबार पुस्तक “सेक्मुरी फूल”माथि उदयपुरको सदरमुकाम, गाईघाटको सङ्मगम पुस्तकालयमा पनि विमर्श भइसकेको छ।
उपन्यासकार मनु योङहाङ विमर्श र परिचर्चाको क्रममा आफ्नो फेसबुक पोष्टमा लेख्नुहुन्छ-“सेक्मुरी फूल” मेरो तेस्रो उपन्यास युनियन हाउस, अनामनगर, काठमाडौंमा यहि २०८२ साल भदौ २१ गते आयामेली कवि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति एवम् बैराँगी काहिँलाज्यूको करकमलबाट विमोचन भएको थियो । प्रसिद्ध रङ्गवादी कवि तथा तेस्रो दर्शनका विचारक धर्मेन्द्र नेम्बाङ सहित त्रिविका सह प्राध्यापकद्वय डा. अनुपमा रेग्मी र डा. दिपक लुङ्गेली मगर, नेपाल खुला विश्वविद्यालय सामाजिक शास्त्र एमफील/पिएचडी समुहका विभागिय प्रमुख डा. सन्जिव हुमागाई, मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासी लगायतका विद्वत महानुभावहरुले सो उपन्यासको समिक्षा गर्नु भएको थियो ।
मुलुकको वर्तमान विद्यमान अवस्थाको वावजुद देश विदेशमा रहनुहुने थुप्रै पाठकहरूबाट उपन्यासबारे सकारात्मक प्रतिक्रिया पाएर म पुलकित भएको छु ।
यसै सन्दर्भमा कार्तिक २९ गते शनिबार मेरो पुस्तक “सेक्मुरी फूल”माथि उदयपुरको सदरमुकाम, गाईघाटमा विमर्श समेत भइसकेको छ।
पुस्तक परिचर्चाकै सन्दर्भमा पूर्वकै वैभवशाली सहर इटहरीमा यही २०८२ साल मङसिर ७ गते आइतबार मेरो पुस्तक “सेक्मुरी फूल”माथि विमर्शको कार्यक्रम राखेका छौँ ।
पुस्तक “सेक्मुरी फूल” पढ्नु भएका, पढ्दै गर्नु भएका र पढ्न बाँकी रहनु भएका तपाईहरू सबैलाई विनम्रतापूर्वक उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु, पूर्वकै वैभवशाली सहर इटहरीमा ।








प्रतिक्रिया