६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मुन्धुम, बुद्ध दर्शन अझ ऐतिहासिकता र आध्यत्मकताको फ्यूजन हो सेक्मुरी फूल-साहित्यकार सम्झना असफल



उदयपुर । उदयपुरे साहित्यकार सम्झना असफलले मनु योङहाङको हालै प्रकाशित उपन्यास “सेक्मुरी फूल” ले किराँतकालिन मुन्धुम, बुद्ध दर्शन अझ ऐतिहासिकता र आध्यत्मकताको फ्यूजन बोकेको बताउनु भएको छ ।

उदयपुरको गाईघाटमा हालै भएको उपन्यास सेक्मुरी फूल परिचर्चामा बोल्दे उहाँले उपन्यासबारे सो कुरा बताउनु भएको हो । नेपाली लेखक सङ्घ उदयपुर र हिलिहाङ डटकमद्वारा संयुक्तरुपमा आयोजित परिचर्चा कार्यक्रम सङ्घको अध्यक्ष बासुदेव पोखरेलको अध्यक्षता तथा सचिव ङघबहादुर राउतको सन्चालनमा भएको थियो ।

सो कार्यक्रममा पुस्तकबारे परिचर्चा गर्दै उहाँले भन्नुभयो-“सुदुर पूर्वको उत्पिडनमा परेको किरात सभ्यता, लवज र भाषिकतालाई साहित्यमा सरल, सटिक भाषामा लेखेर सर्लक्कै उतार्न लेखक मनु योङहाङ सफल हुनु भएको छ ।”

उहाँले थप्नुभयो-“यो एक पहिचानको खातिर किरातकालिन समय र बुद्धकालिन परिवेश दर्शाइएको एक सुन्दर उपन्यास हो ।”

उपन्यासले जीवनको मूल्य र महत्व बुझाउनमा सहयोग गर्ने भएकोहुनाले पठनिय रहेको समेत उहाँले चर्चा गर्नु भयो ।

कार्यक्रममा अर्का वक्ता वरिष्ठ पत्रकार तथा अन्वेषक कौशल चेम्जोङले उपन्यासले बुद्धका दर्शन र देशना तथा मुन्धुमलाई नेपाली साहित्यमा प्रवेश गराएको चर्चा गर्नुभयो ।

अर्का परिचर्चाकार तथा प्रलेसका केन्द्रिय सदस्य राममणि पोखरेलले उपन्यासले जीवनको मूल्य र महत्व बुझाउन सफल रहेको बताउनु भयो भने लेखक मनु योङहाङले पाठक तथा समिक्षकहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ८ : ३३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज