काठमाडौं । अन्तत : देशमा विद्यमान राजनीति गतिरोधमा महाधिवेशनको लहरो तानिरहेका नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुलाई थिङ्क टयाङ्कको रुपमा चिनिने बोद्धिक जमातहरुले प्राणसन्चार भर्ने प्रयत्न गरेका छन् । आखिर कुनै ठूलो राजनीतिक कार्यक्रम नगरेर पार्टी जनताहरुमा सुस्ताएको आभाष भइरहेको बेला थिङ्क टयाङ्कको रुपमा परिचित बौद्धिक जमातको यो प्रयासलाई चौतर्फी स्याबासी मिलिरहेको मात्र छैन बरु कार्यकर्ताहरुमा उत्साहको सन्चार गरिरहेको छ ।
कांग्रेसमा अहिले विशेष महाधिवेशन र निरन्तरको महाधिवेशनको बहस निरन्तर जारी छ भने अर्कोतिर संस्थापन र इतर पक्ष भनिने समूहबीच घम्साघम्सी पनि जारी छ । यही समयमा कांग्रेसका केही विद्धान र पार्टी हितको पक्षमा वकालत गर्दै आएका युवाहरुले ‘इलेभेन टच क्यम्पियन’ अभियान सुरु गरेको छन् । यसको नेतृत्व कांग्रेसका युवा नेता तथा बहुल रङ्गवादी कवि एवम्तेस्रो दर्शनका विचारक धर्मेन्द्र नेम्बाङले गरिरहनु भएको छ ।
उहाँका अनुसार यो टिमले पार्टीमा डिजिटल बुझाएको डकुमेन्ट कम्तीमा एक जना बराबर एघाह्र जनालाई र बेसीमा जतिजनालाई पनि पठाउन सकिनेछ। र उक्त पठाइएको एकजना बराबर एघाह्र जनालाई पठाइएको डकुमेन्टमध्ये एघाह्र जनालाई फोन, गफ या भेटर फेरि एघाह्र जनालाई पठाउन लगाइने छ ।

त्यसपछि उक्त एघाह्र जनाले सोहीक्रममा अरु एघाह्र जना थप्दै जानेछ । यो क्रममा एक जनाले एघाह्र जनालाई पहिलो पल्ट पठाउदा एघाह्र गुणा १ सय २१ जनामा पुग्नेछ र उनीहरुले पठाउने पहिलो लट तर अभियानको हिसाबमा दोस्रो लटमा १ सय २१ गुणा ११. ले १ हजार ३३१ जना र पठाउनेको पहिलो अभियानको गणनामा तेस्रो चोटीमा १ हजार ३३१ गुणा ११. बाट १४ हजार ६४१ जना र यस्तै उनीहरुको पहिलो अभियानको गणनामा चौथो लटमा, १४ हजार ६४१ गुणा ११. बाट १ लाख ६१ हजार ५१ जना र यस्तै पहिलो अनि पाचौं र छैटौं लटमा १ करोड ९४ लाख ८७ हजार १७१ जनामा पुग्नेछ ।
नेता नेम्बाङका अनुसार यो ठूलो जनमतलाई लोकतान्त्रिक विचारधाराले जोडदछ, जसबाट लोकतन्त्रवादी प्रतिको आड, भरोसा, विश्वास, मनोबल एकसाथ उक्सिनेछ र मुलुक निर्माणको लागि दत्तचित्तले उठनेछन्, सबैले आफूले सकेको आआफ्नै ठाउँबाट क्रियाशील रहनेछन् अनि जसबाट मुलुकलाई फाइदा नै हुने छ ।’
उहाँ भन्नुहुन्छ, ‘राष्ट्र संकटमा परेको बेला थिङ्क ट्यांकहरुले टुलुटुलु हेरेर बस्ने कुरा आउँदैन, हातखुट्टा बाँधेर बस्ने कुरा आउँदैन, मुख थुनेर चेतना बाँधेर बस्ने कुरा आउँदैन अनि यदि त्यस्तो भयो भने त्यो दुर्भाग्य या अभिशापबाहेक केही हुने छैन ।’
यो अभियानले सबै कुरा बिचारले मात्रै हल, समाधान गर्न सक्तैन भन्दै सबै कुरा सिद्धान्तले मात्रै हल गर्न सक्तैन अनि सबै कुरा नीति र कार्यक्रमले मात्रै हल गर्न सक्तैन भन्दै सबै कुरा नेतृत्वले मात्रै हल गर्न सक्तैन ।, भनेको छ ।
यी सबै समस्याको समाधान गर्न यी सबै कुराहरु एकआपस दृष्टि दिएर ठीकठीक ठाउँँमा स्वास्थ ढंगले उभिएको हुनुपर्छ । सचेत नागरिकहरु साथमा उभिएको हुनुपर्छ, ताकि आएको समस्या र गडबडलाई उचित तरिकाले थन्क्याउन सकियोस् । ‘त्यसैकारण हाम्रो यत्न, अभियान बिषयहरुलाई स्वस्थ, तन्दुरुस्त बनाएर उभियाउने हो । जसमा सचेत नागरिकहरु जोडने अभियान हो । जसैको लागि यो डकुमेन्टको प्रशाारण जरुरी भएको हो ।’ – अभियानले लक्ष लिएको छ ।
यसमा पठाउने सबैले एकचोटी नै हो, तर उनले आफूले पठाएको ११ जनाले अरुलाई पठाएको नपठाएकोलाई चाहिँ कन्फर्म गर्नुपर्छ । यसरी पठाउनेले पठाउने एकचोटी हुँदै पाँचौ या छैटौं चोटिमा पुग्नेछ । तर यहाँ पठाउने भन्दा पनि उज्यालो राँको वितरण भनिएको छ । किनभने यसले एउटा दिशानिर्देश गरेको छ । जसले अन्योल, अलमल, बिपत, संकटको साम्राज्य हटाउछ र राष्ट्रलाई लोकतान्त्रिक मापदण्डको अर्थनीतिमा स्पष्ट गराउछ । ठूलो अन्धकार, अन्धाधुन्ध, अहंकारको कुशासन भत्काएर मन र मस्तिष्कमा उज्यालो प्रदान गर्दछ ।
यति धेरै वितरण हुँदा यो डकुमेन्टले देश, विदेश ढाक्ने छ । धेरैको नाउमा सयौं पटक भन्दा वेशी विभिन्न साथीसँगीहरुबाट आउन सक्छ । जति धेरै आयो उति महत्त्व दियो भनेर बुझ्न सकिन्छ । यो एक प्रकारले उज्यालो राँको बितरण गरिएको हो । त्यसैले एघार स्पर्स अभियान भनिएको हो । जनस्तरमा चलाइएको जागरण हो । जागरण सबै तहमा चाहिएको छ, जसले मात्रै सहि दिशामा काम कार्वाही हुनसक्छ । नेतृत्वलाई सही भूमिका निर्वाह गर्न घेराबन्दी हुनसक्छ । यो चौतर्फी जागरण आज चाहिएको छ । हाम्रो काम ध्यान आज एतातिर हुनुपर्छ ।, अभियानको उदेश्यको विषयमा नेता नेम्बाङको भनाइ छ ।
यो एक जना बराबर एघार भनेको , एक जनाको कान थाप्ने, कुरा सुन्ने, साथीसगी, इष्ट मित्र, आफन्त, सहयोगी सकारात्मक सोच्ने न्युनतम एघार जना हुनुपर्छ भन्ने हो । अभियानताले भेट्ने, छुने, सुम्सुम्याउने उनैलाई भन्ने कुरो हो । उनीहरुको बिस्वस्नियतालाई जोडने, अनि उनीहरुले आफ्ना बिस्वस्नियतालाई अरुतिर जोडछन, फेरि उनीहरुको बिस्वस्नियताले अरु ११लाई जोडदै लान्छन् । यो यसप्रकारको बिस्वस्नियताको सन्जाल बन्नेछ । जसबाट जोडिएर मुलुकका लागि एकढिकका भएर काम तमाम हुनेछ ।
‘११ जनालाई छुने या उज्यालो राँको दिने यो डिजिटल ह्यमनिष्टिक रेभोलुसन पनि हो । यसमा जो पनि समाहित हुन सक्नेछ । जसले मुलुकको हित सोच्छ । उनै समाहित हुनेहरु, प्रशारकहरु उज्यालो प्रकाश बितरक पनि भए । जसले अझ दोब्बर व्यापकता दिलाउँछ । डिजिटल क्रान्ति जुन जेनजी पुस्ताले हामीलाई सिकाएको पाठ पनि हो ।’– नेम्बाङ भन्नु हुन्छ ।
नेम्बाङको सुझाव यस्तो छ-
ETC अर्थात eleven touch campaign
हामीले पार्टीमा डिजिटल बुझाएकाे डकुमेन्ट कम्तीमा १ जना बराबर ११ जनालाई र बेसीमा जतिजनालाई पनि पठाउन सकिनेछ । र उक्त पठाइएकाे एकजना बराबर ११ जनालाई पठाइएको डकुमेन्ट मध्ये ११ जनालाई फाेन, गफ या भेटर फेरि ११ जनालाई पठाउन लगाइने छ । तेसपछि उक्त ११ जनाले साेहि क्रममा अरु ११ थप्दै जानेछ । याे क्रममा १ जनाले ११ जनालाई पहिलो पल्ट पठाउदा ११×११ =१२१ जनामा पुग्नेछ र उनीहरुले पठाउने पहिलो लट तर अभियानकाे हिसाबमा दाेस्राे लटमा १२१×११= १३३१ जना र पठाउनेकाे पहिलाे अभियानकाे गणनामा तेस्रो चाेटीमा १३३१×११= १४,६४१ जना र यस्तै उनिहरुकाे पहिलो अभियानकाे गणनामा चाैथाे लटमा, १४,६४१×११= १६१,०५१ जना र यस्तै पहिलो अनि पाचौं लटमा १६१,०५१×११= १७, ७१,५६१ जना र यस्तै पहिलो या छैटौं लटमा १,९४,८७,१७१ जनामा पुग्नेछ ।
याे ठुलो जनमतलाई लाेकतान्त्रिक विचारधाराले जाेडदछ । जसबाट लाेकतन्त्रवादी प्रतिकाे आड, भराेसा, विश्वास, मनाेबल एकसाथ उक्सिनेछ र मुलुक निर्माणकाे लागि दत्तचित्तले उठनेछन । सबै सकेकाे आआफ्नै ठाउबाट क्रियारत रहनेछन । जसबाट मुलुकलाई फाइदा नै हुने छ ।
राष्ट्र संकटमा परेकाे बेला थिङ्क ट्यांकहरुले टुलुटुलु हेरेर बस्ने कुरा आउदैन । हातखुट्टा बाँधेर बस्ने कुरा आउदैन । मुख थुनेर चेतना बाँधेर बस्ने कुरा आउदैन । यदि तेस्ताे भयाे भने त्याे दुर्भाग्य या अभिशाप बाहेक केही हुने छैन । सबै कुरा बिचारले मात्रै हल, समाधान गर्न सक्तैन । सबै कुरा सिद्धान्तले मात्रै हल गर्न सक्तैन ।
सबै कुरा नीति र कार्यक्रमले मात्रै हल गर्न सक्तैन । सबै कुरा नेतृत्वले मात्रै हल गर्न सक्तैन । याे सबै समस्याको समाधान गर्न यी सबै कुराहरु एकआपस दृष्टि दिएर ठीकठीक ठाउमा स्वास्थ ढंगले उभिएको हुनुपर्छ । सचेत नागरिकहरु साथमा उभिएको हुनुपर्छ, ताकि आएकाे समस्या र गडबडलाई उचित थानकाे लगाउन सकियोस । तेसैकारण हाम्राे यत्न, अभियान बिषयहरुलाई श्वस्थ, तन्दुरुस्त बनाएर उभियाउने हाे । जसमा सचेत नागरिकहरु जाेडने अभियान हाे । जसैकाे लागि याे डकुमेन्टकाे प्रशाारण जरुरी भएको हाे ।
यसमा पठाउने सबैले एकचोटि नै हाे, तर उनलेे आफुले पठाएको ११ जनाले अरुलाई पठाएको नपठाएको लाई चाहिँ कन्फर्म गर्नुपर्छ । यसरी पठाउनेले पठाउने एकचोटि हुँदै पाँचौ या छैटौं चाेटिमा पुग्नेछ तर यहाँ पठाउने भन्दा पनि उज्यालाे राँकाे वितरण भनिएकाे छ । किनभने यसले एउटा दिशानिर्देशन गरेकाे छ । जसले अन्याेल, अलमल, बिपत, संकटकाे साम्राज्य हटाउछ र राष्ट्रलाई लाेकतान्त्रिक मापदण्डकाे अर्थनीतिमा स्पष्ट गराउछ । ठुलाे अन्धकार, अन्धाधुन्ध, अहंकारको कुशासन भत्काएर मन र मस्तिष्कमा उज्यालो प्रदान गर्दछ ।
एति धेरै वितरण हुदा याे डकुमेन्टले देश/बिदेश ढाक्ने त छ नै । धेरैकाे नाउमा सयौं पटक भन्दा वेशी विभिन्न साथीसंगीहरुबाट आउन सक्छ । जति धेरै आयाे उति महत्त्व दियाे भनेर बुझ्न सकिन्छ । याे एकप्रकारले उज्यालो राँकाे बितरण गरिएकाे हाे । तेसैर एघार स्पर्स अभियान भनिएकाे हाे । जनस्तरमा चलाइएको जागरण हाे । जागरण सबै तहमा चाहिएकाे छ, जसले मात्रै सहि दिशामा काम कार्वाही हुनसक्छ । नेतृत्वलाई सहि भुमिका निर्वाह गर्न घेराबन्दी हुनसक्छ । याे चाैतर्फी जागरण आज चाहिएकाे छ । हाम्रो काम ध्यान आज एतातिर हुनुपर्छ ।
याे एक जना बराबर एघार भनेकाे , एक जनाकाे कान थाप्ने, कुरा सुन्ने, साथीसंगी, इष्ट मित्र, आफन्त, सहयोगी सकारात्मक साेच्ने न्युनतम एघार जना हुनुपर्छ भन्ने हाे । अभियानताले भेट्ने, छुने, सुम्सुम्याउने उनैलाई भन्ने कुराे हाे । उनीहरुकाे बिस्वस्नियतालाई जाेडने, अनि उनीहरुले आफ्ना बिस्वस्नियतालाई अरुतिर जाेडछन, फेरि उनीहरुको बिस्वस्नियताले अरु ११लाई जाेडदै लान्छन् । याे यसप्रकारकाे बिस्वस्नियताकाे सन्जाल बन्नेछ । जसबाट जाेडिएर मुलुकका लागि एकढिकका भएर काम तमाम हुनेछ ।
११ जनालाई छुने या उज्यालो राँकाे दिने याे डिजिटल ह्यमनिष्टिक रेभाेलुसन पनि हाे । यसमा जाे पनि समाहित हुन सक्नेछ । जसले मुलुककाे हित साेच्तछ । उनै समाहित हुनेहरु, प्रशारकहरु उज्यालो प्रकाश बितरक पनि भए । जसले अझ दाेब्बर व्यापक्ता दिलाउदछ । डिजिटल क्रान्ति जुन जेनजी पुस्ताले हामीलाई सिकाएकाे पाठ पनि हाे ।







प्रतिक्रिया