४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आख्यानकार मनु योङहाङ लिखित उपन्यास सेक्मुरी फूलको चर्चा परिचर्चा



गाईघाट  ३० कार्तिक  ।

आख्यानकार मनु योङ्हाङ लिखित उपन्यास “सेक्मुरी फूल”को शनिवार दिउँसो एक कार्यक्रमको आयोजना गरि उदयपुरको गाईघाटमा चर्चा परिचर्चा गरिएको छ ।

नेपाली लेखक संघ उदयपुर र लिलिहाङ डटकम पाँचथरको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी पुराना कम्युनिस्ट नेता एवम् साहित्यकार राममणि पोखरेलले उपन्यासले मुन्धुम र बौद्ध दर्शनको सेतु रहेको बताउनुभयो ।

“यो उपन्यासले पहिलो र दोस्रो विश्वयुद्धमा कसरी पुर्वी पहाडको जनजातीहरुलाई शासकहरुले विभेद र अन्याय गरे, त्यसको सटिक र मिहिन चित्रण गरिएको छ ” उहाँले थप्नुभयो ” लाहुरेहरुले समाज परिवर्तनमा पुर्याएको योगदानले हाम्रो नेपाली समाजलाई विश्वसामु चिनाएको छ ।”

वरिष्ठ पत्रकार तथा इतिहास अन्वेषक कौशल चेम्जोङले समग्र उपन्यासले बौद्ध दर्शन र मुन्धुमलाई सहज र मिहिन पाराले बुझाउने भएकोले हरेक पाठकको लागि पठनिय रहेको बताउनुभयो ।

“मैले धेरै वर्षअघि पढेको बुद्धकालिन हिनयान र जातक कथालाई अझ सरस र सरल शब्दमार्फत यो उपन्यासबाट बुझ्न सकें।” पत्रकार चेम्जोङले भन्नुभयो-“वास्तवमा समाज परिवर्तनमा बुद्धका मार्मिक देशनाहरु र मुन्धुमबाट जीवनको मूल्य र मान्यता बुझ्न खोज्नेहरुको लागि यो उपन्यास एक ऐतिहासिक र पठनिय छ ।”

अर्का साहित्यकार एवम् कवि सम्झना राई असफलले उपन्यासले प्रेमको जीत र वर्गिय विभेदलाई छताछुल्ल बनाउदै सशक्त नारी पात्र मार्फत समाजमा विद्रोहको चेत र बुद्धका मार्मिक सन्देशहरु एकैसाथ पस्किएको चर्चा परिचर्चा गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्नुहुदै नेपाली लेखक सङ्घ उदयपुरका सल्लाहकार हिरामान मोतेले उदयपुरमा सेक्मुरी फूलको चर्चा सान्दर्भिक रहेको बताउनुहुँदै उदयपुर सेक्मुरी फूलले सुगन्धमय बनेको बताउदै लेखक लगायत सबै अतिथीहरुलाई स्वागत गर्नुभयो ।

कार्यक्रममा उपन्यासकार मनु योङहाङले पाठकहरुबाट प्राप्त जिज्ञासा र प्रश्नहरुको जवाफ दिदै उपन्यास स्वैर कल्पना नभएर ह्यामिल्टन, भेन्डीहार्टहरुको पुस्तकबाट विश्वसनिय बनाउनमा उपयोग गरिएको र मुन्धुम स्व. अमरजङ योङहाङको टिपोटबाट लिइएकोले मुन्धुम र दर्शनमा वैधता रहेको जनाउनुभयो ।

नेपाली लेखक सङघ उदयपुरका उपाध्यक्ष महेन्द्रकुमार राइले उपन्यासमार्फत जीवनको मूल्य र मान्यता बुझ्नु राम्रो पक्ष रहेको विचार व्यक्त गर्नुहुँदै उदयपुरमा यसरी चर्चा परिचर्चा गर्नु सुखद रहेको बताउनुभयो । कार्यक्रम समापन गर्दै अध्यक्ष बासु पोख्रेलले उपन्यासले पहाड देखि तराई सम्मको परिवेशलाई समेटिएको र सामाजिक  जनजीवनको उत्कृष्टता दर्शाउँदै किरात कालको मुन्धुम र बौद्ध दर्शनलाई जोड्न खोजिएको बताउनुभयो ।

उपन्यासका लेखक समेत उपस्थिति रहेको उक्त कार्यक्रममा जिल्लाका दर्जनौं साहित्यकारहरुको जमघट रहेकोे थियोे ।

नेपाली लेखक संघ उदयपुरका सहसचिव ङघराज राउतको सन्चालन र अध्यक्ष बासुदेब प्रसाद पोख्रेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित साहित्यकारहरुले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ५३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज