४ चैत्र २०८२, बिहिबार | March 19, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पहिलाे विश्वकप फुटबल प्रतियाेगिता-1930,आयाेजक र विजेता उरुग्वे



काठमाडाै,सन्१९३०मा स्वतन्त्रताकाे शतवार्षिकी मनाइरहेकाे उरुग्वेलाई पहिलाे पटक विश्वकप फुटबल प्रतियाेगिता आयाेजनाकाे अवसर प्राप्त भएकाे थियाे । २ वर्षअघिमात्र ‌ओलम्पिकमा अर्जेन्टिनालाई २-१ले हराउदै स्वर्णपदक प्राप्त गरेकाे आयाेजक उरुग्वेलाई याे सुनाैलाे अवसर विश्व फुटबलकाे सर्वाेच्च संस्थाले प्रदान गरेकाे थियाे।प्रतियाेगिता १४ जुलाइदेखि ३० जुलाइ १९३० सम्म राजधानी माेन्टेभिडियाेमा भएकाे थियाे।

चार युराेपियन राष्ट्रसहित कुल १३ राष्ट्रहरुले सहभागिता जनाएकाे याे प्रतियाेगितामा सहभागी राष्ट्रहरुलाई चार समूहमा विभाजन गरिएकाे थियाे।समूह ए मा अर्जेन्टिना,चिली,फ्रान्स र मेक्सिकाे रहेकाेमा अर्जेन्टिनाले सबै तिन खेल जित्दै छ अङ्कसाथ सेमिफाइनल पुग्दा चिलीकाे चार र फ्रान्सकाे दुइ तथा मेक्सिकाे अङ्कविहिन बनेकाे थियाे।

उता युगाेस्लाभिया,ब्राजिल र बाेलिभिया रहेकाे समूह बि मा युगाेस्लाभिया चार अङ्ककाे साथ सेमिफाइनल पुग्दा ब्राजिलकाे दुइ अङ्क र बाेलिभिया अङ्कविहिन बनेकाे थियाे।

आयाेजक उरुग्वे,राेमानिया र पेरु रहेकाे समूह सिबाट उरुग्वे चार अङ्कसहित सेमिफाइनल पुग्दा राेमानियाकाे दुइ अङ्क र पेरु अङ्कविहिन बनेकाे थियाे।

अमेरिका,पाराग्वे र बेल्जियम रहेकाे समुह डिबाट अमेरिका चार अङ्ककाे साथ सेमिफाइनल र पाराग्वेकाे दुइ तथा बेल्जियम अङ्कविहिन बनेकाे थियाे।

२६ जुलाइमा भएकाे पहिलाे सेमीफाइनलबाट अमेरिकालाई ६-१ काे विशाल अन्तरले हराउदै फाइनलमा उरुग्वेसँगकाे भेट पक्का गर्दा २७ जुलाइमा आयाेजक उरुग्वेले युगाेस्लाभियालाई पनि ६-१ ले नै हराएकाे थियाे।

९०,०००दर्शककाे उपस्तिथी रहेकाे फाइनल खेल ३० जुलाइमा भएकाे थियाे। १२ओ मिनेटमा पाब्लाे डाेराडाेले उरुग्वेलाई १-० ले अग्रता दिलाउदा हाफ टाइमसम्ममा अर्जेन्टिना २-१ ले अघि थियाे तर मध्यान्तरपछि उरुग्वेले थप तिन गाेल थप्दै ४-२ गाेलअन्तरले विश्वकप आफ्नाे पाेल्टामा पार्याे।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : ४९ बजे

निर्वाचनमा पराजयपछि नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट दिए राजीनामा

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक

एकसय एकसठ्ठी वर्षअघि सम्वत् १९२१ सालको याङरुपको सामाजिक अवस्था

एकसय एकसठ्ठी वर्षअघिको याङरुपको सामाजिक अवस्था –र मेरो सात पुस्ताअघिको

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली