माइधार, झापा । आज शिवसताक्षी-१० माइधार झापामा नेपाल सरकारका उपसचिवद्वय शिशिर योङहाङ र बरिष्ठ इन्जिनियर युवराज योङहाङ सम्मानित हुनु भएको छ । उहाँहरु दुवैजनालाई किराँत योङहाङ कुलवंश प्रतिष्ठान केन्द्रिय कार्यालयले आफ्नो ३०औं वार्षिक साधारण सभा तथा माङहुक्वा वादेम्मा कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष धनराज योङहाङ तथा अन्य पदाधिकारीहरुले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मानित गर्नु भयो ।

उपसचिव शिशिर योङहाङ नेपाल सरकारको सिटिइभिटीको कोशी प्रदेश कार्यालय र बरिष्ठ इन्जिनियर युवराज योङहाङ सिंचाइ कार्यालय झापामा कार्यरत हुनुहुन्छ । कार्यक्रमको अध्यक्षता अध्यक्ष धनराज योङहाङ तथा सचिव अर्जुन योङहाङले सन्चालन गर्नुभएको सो साधारण सभामा अध्यक्षले साँगठनिक प्रतिवेदन र कोषाध्यक्ष हेम योङहाङले आर्थिक प्रतिवेदन पेश गर्नु भइ पारित भएको थियो ।

हरेक वर्ष किराँत योङहाङ कुल वंश प्रतिष्ठानले आफ्नो वार्षिक साधारण सभा तथा माङहुक्वा वादेम्मा कार्यक्रम मनाउने क्रममा प्रतिभाहरुलाई सम्मान गर्ने गर्दछ । यसअघि पनि गायिका सविना योङहाङ, यासेली योङहाङ सम्मानित भइसक्नु भएको छ ।
पक्लुङ(शटपुट), लि तोङ(आर्चरी) लगायत धाननाँच हाक्पारे आदि आयोजना गरिएको आजको साधारण सभामा देशविदेशका योङहाङ बन्धुहरुको बाक्लो उपस्थिती थियो ।







प्रतिक्रिया