पान्थर, यसवर्षको अमर नेम्वाङ लिम्बू साहित्य सम्मान पुरस्कारद्वारा कवि देवेन्द्र शक्तेन, निवन्धकार दीपक सापकाेटा र लिम्बू भाषी साहित्यकार मलिसा याक्थुङ्वा पुरस्कृत हुनु भएको छ ।
उता छात्रवृति तर्फ श्री सारताप मनरत्न मा.वि. सरताप फाल्गुनन्द -३ का कक्षा ८ का सोनी नेम्बाङ, श्री कृष्ण मा.वि. चिलिङदिन फाल्गुनन्द – ४ कक्षा ९ का अन्जन चेम्जोङ र श्री जलसिंह मा. वि चिम्फूला फाल्गुनन्द -३ का कक्षा ८ मा अध्यनरत खाम्बेकहाङ चेम्जोङलाई छनौट गरिएको जनाइएको छ । राजनीतिज्ञ स्व. अमर नेम्बाङ लिम्बुको सातौं स्मृतिदिवसको अवसरमा प्रदान गर्न लागिएको उक्त सम्मान पुरस्कार अन्य कार्यक्रमहरु यही माघ २६ गते (सोमबार) विहान ११ बजे होटल मनश्वी बुद्धमार्ग, फिदिम -१ पाँचथरमा वितरण गरिने अमर नेम्बाङ प्रज्ञा प्रतिष्ठानको तर्फबाट अध्यक्ष मुनिन्द्र नेम्बाङद्वारा जारी प्रेस नोटमा सो कुरा जनाइएको छ।
रु ५० हजार राशी र रु २५ हजार राशीका यी पुरस्कारहरुबाट यसअघी गतवर्ष साहित्यकार कृष्ण धरावासी र स्वप्निल स्मृति पुरस्कृत हुनुभएको थियो ।








प्रतिक्रिया