२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किराँत योङहाङ कुलवंश प्रतिष्ठानको ३०औं वार्षिक साधारण सभा तथा माङहुक्वा वादेम्मा कार्यक्रम सम्पन्न



माइधार । आज किराँत योङहाङ कुलवंश प्रतिष्ठान केन्द्रिय कार्यालयको आ ३०औं वार्षिक साधारण सभा तथा माङहुक्वा वादेम्मा कार्यक्रम झापास्थित माइधारमा सम्पन्न भएको छ ।

उपाध्यक्ष टंकीनाथ योङहाङले स्वागत मन्तब्य व्यक्त गर्नुभएको सो कार्यक्रमको अध्यक्षता अध्यक्ष धनराज योङहाङ तथा सचिव अर्जुन योङहाङले सन्चालन गर्नुभएको थियो । विभिन्न वक्ताहरुले सम्बोधन गर्नुभएको सो साधारण सभामा अध्यक्षले साँगठनिक प्रतिवेदन र कोषाध्यक्ष हेम योङहाङले आर्थिक प्रतिवेदन पेश गर्नु भइ पारित भएको थियो ।

सो कार्यक्रममा नेपाल सरकारका उपसचिवद्वय शिशिर योङहाङ र बरिष्ठ इन्जिनियर युवराज योङहाङ सम्मानित हुनु भएको छ । उहाँहरु दुवैजनालाई किराँत योङहाङ कुलवंश प्रतिष्ठान केन्द्रिय कार्यालयले आफ्नो ३०औं वार्षिक साधारण सभा तथा माङहुक्वा वादेम्मा कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष धनराज योङहाङ तथा अन्य पदाधिकारीहरुले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मानित गर्नु भयो ।

उपसचिव शिशिर योङहाङ नेपाल सरकारको सिटिइभिटीको कोशी प्रदेश कार्यालय र बरिष्ठ इन्जिनियर युवराज योङहाङ सिंचाइ कार्यालय झापामा कार्यरत हुनुहुन्छ ।

हरेक वर्ष किराँत योङहाङ कुल वंश प्रतिष्ठानले आफ्नो वार्षिक साधारण सभा तथा माङहुक्वा वादेम्मा कार्यक्रम मनाउने क्रममा प्रतिभाहरुलाई सम्मान गर्ने गर्दछ । यसअघि पनि गायिका सविना योङहाङ, यासेली योङहाङ सम्मानित भइसक्नु भएको छ ।

पक्लुङ(शटपुट), लि तोङ(आर्चरी) लगायत धाननाँच हाक्पारे आदि आयोजना गरिएको आजको साधारण सभामा देशविदेशका योङहाङ बन्धुहरुको बाक्लो उपस्थिती थियो ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ८ : ०४ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक