काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा रहेका छन् । निर्वाचन आयोगको अनुसार रामेछापमा १ लाख ८७ हजार ९५२ जना र मनाङमा ७ हजार जना मतदाताहरु रहेका छन् ।
सबैभन्दा बढी मतदाता भएका ५ निर्वाचन क्षेत्रहरुमा रामेछापमा १ लाख ८७ हजार ९५२ जना, अर्घाखाँचीमा १ लाख ७१ हजार ६५२ जना, दोलखामा १ लाख ७० हजार ३२१ जना, बर्दिया-१मा १ लाख ६८ हजार ३४ जना र काभ्रे-२मा १ लाख ६५ हजार ५११ जना छन् ।
उता नेपालमा सबैभन्दा कम मतदाता भएका ५ निर्वाचन क्षेत्रहरुमा मनाङमा ७ हजार जना, मुस्ताङमा ११ हजार ३२८जना, डोल्पामा २४ हजार ११५ जना, हुम्लामा ३४ हजार ३७२ जना र पूर्वी रुकुममा ३४ हजार ७७२ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।







प्रतिक्रिया