८ कार्तिक २०८३, शनिबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विमल कृति पुरस्कार प्रकाश थाम्सुहाङको ‘शब्दथुम’ लाई ,कवितामा नवलपरासीको अन्जान प्रदीप प्रथम



धरान,  कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३३ औं राष्ट्रिय कविता महोत्सव एवम् कवि विमल गुरुङ कृति पुरस्कार २०८० समर्पण समारोहमा आयोजित कविता प्रतियोगितामा नवलपरासीको अन्जान प्रदीप (प्रदीप ढुङगाना) प्रथम हुनुभएको छ ।

शनिबार धरान–१८ कवि विमल गुरुङको पुस्तकालयमा उहाँले “सपना” शीर्षकको कविता वाचन गर्नुभई प्रथम हुनुभएको हो । यसैगरी हाल बेलायत बसोवास गर्ने शान्ति लिम्बुको “थेम्स नदीको किनारै किनार” दोस्रो र मोरङकी समिक्षा छिलिङ राईको “फूल र म” कविता वाचन गर्नुभई तेस्रो हुनुभएको छ ।

उहाँहरुलाई क्रमशः नगद २१ हजार, १८ हजार, १७ हजार रुपियाँ र प्रमाणपत्र प्रमुख अतिथि नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्राडा. भिम खतिवडा, कार्यक्रमका सभापति तथा पुस्तकालय सञ्चालक समिति अध्यक्ष पूणबहादुर गुरुङ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशका कविबाट प्राप्त भएका ८१ कविताहरुमध्ये १० कविता छनौट गरिएको छ । छनौटमा परेकामध्ये उत्कृष्ट तीन कवितालाई क्रमश प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको थियो ।

८१ कविताहरु प्राप्त भएकोमा उत्कृष्ट १० कवितालाई अन्तिम प्रतिस्पर्धाका लागि सिफारिस गरिएको थियो । प्रतियोगितामा समिक्षा छिलिङ राईको फूल र म, दिपेन्द्र आचार्यको ल्याप्चे, मिन्जाई राईको बुढो परदेशी, प्रसान्त उप्रेतीको विलासी राता वाकस, लेकाली कान्छा मुक्कुमको रैथाने बगैचाको अर्गानिक मुस्कान र  दिपा मग्रातीको देशमा मेरो अनुहार कविता उत्कृष्ट १० छनोट भएको थियो ।

यसैगरी कवि विमल गुरुङ पुस्तकालयले प्रदान गर्दै आएको कवि विमल कृति पुरस्कार कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ लाई पुरस्कार प्रदान गरिएको छ । उहाँलाई नगद २ लाख रुपियाँ, ताम्रपत्रसहित दोसल्लाले प्रमुख अतिथि प्राडा.खतिवडाले सम्मान गर्नुभएको थियो ।

त्यसैगरी सुनसरीको तरहरा निवासी युवा कवि विबेक विवश रेग्मीलाई नगद १० हजारसहित यस वर्षको युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा कवि विमलको कविता संग्रह एक किलो जंगल कृति लोकार्पण गरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ६ : ३९ बजे

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज