४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

लक्ष्मीपुर, झापाको हिमाली माध्यमिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एलबी पालुङ्वा



लक्ष्मीपुर । 

झापा कनकाई–८ स्थित लक्ष्मीपुरको श्री हिमाली माध्यमिक बिब्यस अध्यक्षमा बौद्धिक तथा प्राज्ञिक  एलबी पालुङ्वा सर्वसम्मत निर्वाचित हुनु भएका छन् । आज (आइतवार) बिब्यस जेष्ठ सदस्य तथा कनकाई–८ का वडा अध्यक्ष लीला बहादुर कटुवाल संयोजकत्वमा बसेको बैठकमा अध्यक्ष पदको लागि उहाँलाई सर्वसम्मत निर्वाचित गरिएको हो ।

पाँचथर, हिलिहाङ-३ मा जन्मनु भएको तथा हाल कनकाई-८ मा बसोबास गरिरहनु भएको उहाँ अङ्ग्रेजी र अर्थशास्त्रमा स्नाकोत्तर तह उत्तीर्ण तथा अर्थशास्त्रमा एम. फिल. अध्ययन समेत पुरा गर्अनुभएको छ । हाल पि. एचडी शोध अनुसन्धान तयारीमा जुटेका पालुङ्वा नेपाली राजनीतिमा सक्रिय नाम हो ।

उहाँ यसअघि २०७९ सालमा पाँचथर जिल्लाबाट प्रतिनिधी सभा सदस्य पदमा प्रत्यक्षमा र २०८३ सालमा समानुपातिक उम्मेदवार हुनुहुन्थ्यो ।  अध्यक्ष भएसँगै बिद्यालयको हरेक क्षेत्रमा विकासको आशा जागेको छ -एक अभिभावकले बधाईको क्रममा बताउनु भयो ।

गत असार २५ गते सम्पन्न अभिभावक आम भेलाले विद्यालयको व्याबस्थान समिति सदस्यमा पालुङ्वालाई मनोनयन गरिएको थियो । आज बसेको व्यावस्थापन समितिको बैठकले पालुङ्वाको नेतृत्वमा ७ सदस्यीय बिद्यालय ब्यबस्थापन समिति गठन प्रकृया  सम्पन्न गरेको हो । समितिको पदेन सदस्यमा कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, सदस्यसचिवमा बिद्यालयका प्राधान्यापक ज्ञानबहादुर रायमाझी छन् ।

यस्तै समितिको सदस्यहरुमा  अर्जुनमणि निरौला, सिता मिश्र कट्टेल, निशा शेर्मा पाहिम र शिक्षक प्रतिनिधिका रुपमा थामनारायण गिरी सर्वसम्मत चयन भएका छन् । बिद्यालयलाई शैक्षिक स्तर उन्नति र बिकासको लागि जोड दिँदै समयानुकूल गुणस्तरीय शिक्षा प्राप्त हुने नमुना बिद्यालयमा स्थापित गर्नेमा निरन्तर लागि रहने अध्यक्ष पालुङ्वा बताउनु भएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ९ : ०२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज