बिर्तामोड । क्रान्तिकारी योद्धा स्वर्गीय भुविक्रम नेम्बाङको स्मृतिमा १०औँ स्मृति कार्यक्रम यहीँ श्रावण २३ गते आयोजना हुने भएको छ ।
प्रमुख अतिथी पूर्व मन्त्री नरेन्द्र विक्रम नेम्बाङ तथा विशेष वक्ता रङ्गवादी कवि तथा बिचारक धर्मेन्द्र विक्रम नेम्बाङ रहनुहुने आयोजकले जनाएको छ ।
उता कार्यक्रम संचालन भने सुजनहाङ नेम्बाङले तथा अध्यक्षता भने मुकुम नेम्बाङले गर्नुहुने बताइएको छ ।
थेवा एकेडेमीको आयोजनामा हुने उक्त कार्यक्रममा स्व. नेम्बाङको राजनीतिक, सामाजिक तथा वैचारिक योगदानको स्मरण गर्दै उहाँको जीवन, संघर्ष र विचारमाथि विशेष छलफल गरिने आयोजकले जनाएको छ।
बिर्तामोडको पुरानो भद्रपुर रोडमा रहेको आदर्श ब्याङ्केटमा बिहान ११:०० देखि सञ्चालन हुने कार्यक्रमम आयोजक थेवा एकेडेमीले स्वर्गीय भुविक्रम नेम्बाङको योगदानलाई नयाँ पुस्तासमक्ष पुर्याउने तथा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा स्व. नेम्बाङका शुभेच्छुक, राजनीतिक व्यक्तित्व, सामाजिक अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।








प्रतिक्रिया