कठमांडौ । मोरोक्कोमा जारी फिफा यु-१७ महिला विश्वकप फुटबलमा जापानलाई २-१ले हराउदै नाइजेरिया फिफा यु-१७ महिला विश्वकप विजेता बनेको छ।
नाइजेरियाको लागि आवा वासिडले ३८ मिनेटमा र ओलेबुको इमेजिकले ४७ मिनेटमा गोल गरे ।
उता जापानको लागि ७९ मिनेटमा फुकी इटोले सान्त्वना गोल गरिन्।
यसअघि सेमिफाइनलमा नाइजेरियाले ब्राजिललाई ३-० ले र जापानले उत्तर कोरियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउदै फाइनल पुगेका थिए ।








प्रतिक्रिया