फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ निकटतम प्रतिद्वन्दीलाई २ हजार ४९९ मतले हराउदै विजयी बन्नु भएको छ । हिलिहाङ डटकमका कार्यकारी सम्पादक रीता थाम्सुहाङ पाँचथरले नेपाली काङ्ग्रेसको मेचीमा बीउ जोगाएको बताउनुहुन्छ ।
विशेष अधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित फालेलुङ-७ निवासी पाँचथर क्याम्पसका पूर्व प्राध्यापक बौद्धिक व्यक्तित्व नरेन्द्र कुमार केरुङले १७ हजार २३३ मत प्राप्त गर्नुहुँदा उहाँको निकटतम प्रतिद्वन्दी श्रम संस्कृति पार्टिका हस्तराज शेर्माले १४ हजार ७३४ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँहरुको मतान्तर २ हजार ४९९ मत रह्यो । उता नेकपा एमालेको केन्द्रिय सदस्य अइन्द्र सुन्दर नेम्बाङले भने १४ हजार ५३४ मत प्राप्त गर्दै तेस्रो बन्नु भयो । चौथो स्थानमा नेकपाको हर्कराज नेम्बाङले ११ हजार ४४३ मत प्राप्त गर्नुभयो ।
रास्वपाका महेन्द्र थाम्सुहाङले ४ हजार १९७ मत र परिवर्तन पार्टिका टिकाराम सुब्बाले २ हजार ८२५ मत प्राप्त गर्नु भयो । हलोले ९२५ मत, छाताले २४७ मत तथा खुकुरीले १८० मत र भालेले १६२ मत प्राप्त गरेका छन् । यसरी नै जाँतोले १४३ मत र आँखाले ११५ मत प्राप्त गरे । गुलाफले ९० र घरले ६१ मत प्राप्त गर्दा मादलले सबैभन्दा कम ३२ मत प्राप्त गरे ।
७० हजार ८१८ मत खसेको पाँचथरमा ३ हजार ८९७ मत बदर भएको थियो ।







प्रतिक्रिया