काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली काङग्रेसले निरन्तर अग्रता कायमै राखेको छ ।
मिक्लाजुङ, तुम्बेवा, फालेलुङ, याङवरक, फाल्गुनन्द र कुक्मायक गरी छ वटा स्थानीय तहको मतगणना सकिँदा हालसम्म नेपाली काङ्ग्रेसका नरेन्द्र कुमार केरुङ ११ हजार २०४ मत सहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई श्रम संस्कृति पार्टीका हस्त राज शेर्मा ९ हजार ९०२ मत सहित पछ्याइरहनु भएको छ । उहाँहरुबिचको मतान्तर १ हजार ३०२ रहेको छ ।
उता नेकपा एमालेका अइन्द्र सुन्दर नेम्वाङ ९ हजार ४०२ मत र नेकपाका हर्क बहादुर नेम्वाङले ६ हजार ४५१ मत प्राप्त गर्नु भएको बताइएको छ ।







प्रतिक्रिया