२६ फाल्गुन २०८२, बुधबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मनु योङहाङको सेक्मुरी फूलः ऐतिहासिक विषय , दर्शन र सामाजिक यथार्थलाई कलात्मक प्रस्तुत-लक्ष्मीकिशोर सुबेदी, अध्यक्ष नेपाल शिक्षक महासँघ



-लक्ष्मीकिशोर सुबेदी, अध्यक्ष नेपाल शिक्षक महासँघ

मनु योङहाङको सेक्मुरी फूलः

मनु योङहाङको हालसालै प्रकाशित उपन्यास सेक्मुरी फूल पढ्ने अवसर मिल्यो । यो उपन्यासकी केन्द्रीय पात्र हुन्– सिस्टर मनु । अर्को प्रमुख पात्र लाहुरे अर्थात् नवीन हो । उपन्यासको कथा यस्तो छ– पाँचथर घर भएको व्रिटिश लाहुरे नवीन विदामा घर आएको बेला विराटनगरको रोडशेषमा साइकल चलाइरहेकी महिला जोगाउन खोज्दा गम्भीर मोटरसाइकल दुर्घटनामा पर्छ र वेहोश हुन्छ तर साइकिल चालक महिलालाई केही हुँदैन । संयोगले ती साइकल चालक महिला मोरङ अस्पतालकी सिनियर नर्स मनु हुन्छिन् । तिनै नर्सले अस्पताल लगी आफैं दिनरात खटेर नवीनको उपचार गराउँछिन् । टाउकोमा चोटका कारणले स्वभाविक होश गुमाएका नवीनले आफूलाई यलम्बर र नर्स मनुलाई थाक्फेला भनेर वेहाशी मै अनेकन प्राचीन कथा सुनाउँछन् । नवीनको स्वभाविक होश नखुल्दै मनुको त्यहाँबाट झापा सरुवा हुन्छ । नवीनको स्वभाविक होश खुल्दा उनी चकित हुन्छन् । उनी आफू कसरी अस्पताल आइपुगें ? कसरी उपचार भयो? बेहोशीमा उनले के के भने ? सबै कुरा नर्स तान्छोनाबाट थाह पाउँछन् । यो जानकारी पछि नवीन सिटर मुनप्रति अत्यन्त अनुगृहीत हुन्छन् र आफूलाई लागेको ऋण चुकाउन मनुलाई भेटाइदिन अनुनय विनय गर्छन् । डाक्टर ताङसाङले मनुसम्म त्यो खबर पु¥याइ दिन्छन् ।

नवीनलाई भेट्न र सरुवाको रमाना लिन अस्पताल आउनेक्रममा मनु आफैं दुर्घटनामा पर्छिन र टाउकोमा गम्भीर चोट लाग्छ । यही चोटका कारण उनलाई सिजोफ्रेनिया हुन्छ । वास्तविक कुरा सबै उनको विस्मृतिमा जान्छन् । यस्तै अवस्थामा उनी नेदेखेको र नभोगेको किराँतकालका कथा समयक्रम मिलाएर भन्न थाल्छिन् । आफूलाई बुध्दको शिष्य सेक्मूरी फूल भएको बताउँछिन् । किराँत राजा जितेदास्तीको निमन्त्रणामा नेपाल आएका बुध्दको श्रावस्ती देखिको नेपाल यात्रा, भेटघाट र देशना.(उपदेश) का घटना त्यही समयक्रम अनुसार विस्तारमा सुनाउँछिन् । सँगै किराँत राजा जितेदास्तीले बुध्द र उनका शिष्यलाई मुन्धुमबारे दिएको जानकारी पनि उनले सिसिलाबध्द गरेर सुनाउँछिन् । पूरा उपन्यास मनुले सिजोफ्रेनियाबाट पीडित हुँदा सुनाएका इशापूर्व ५०० वर्ष अघिका घटनाहरुको चित्रण हो । यी घटना उनले न त देखेकी हुन् न त भोगेकी नै हुन् तर सबै घटना स्वयम् एउटा पात्र रहेर चित्रण गरिरहेकी हुन्छिन् । मनु उर्फ सेक्मुरी फूल नै उपन्यासको समाख्याता पनि हुन् । उपन्यासमा बौध्द दर्शनका विषय स्वयम् बुध्द र मुन्धुमका विषय राजा जितेदास्तीको व्याख्यानमा आएका छन् ।

सिजोफ्रेनिया ग्रसित मनुको अभिव्यक्ति मार्फत लेखकले मुन्धुम र बौध्द दर्शनका विषयवस्तु संवाद र वैचारिक वहससँगै समानान्तररुपमा पस्किएका छन् । मुन्धुममा जीवन र जगतलाई कसरी व्याख्या गरिएको छ भन्ने कुरा उपन्यासले विस्तारमा प्रष्ट्याएको छ । त्यसैगरी बौध्द दर्शन अनुसार पाप, धर्म, सत्कर्म , मोक्षका विषय यसमा आएका छन् । पञ्चशीलका प्रसङ्ग आएका छन् । बुध्दको पुनर्जन्मसँग जोडिएका मर्मश्पर्शी कथाहरु यसमा समेटिएका छन् ।

समुदायमा प्रचलित मिथकहरुलाई उनले सरस र बोधगम्य बनाएर प्रस्तुत गरेका छन् । उपन्यासका अरु थुप्रै पात्रले तात्कालीन र अहिलेको समाजका विविध पक्षको प्रनिधित्व गरेका छन् । पाडरी बाजेको कथाले सन्तान विदेशिएका मातापिताले कस्तो दुःख व्यहोरीरहेका छन् भन्ने जीवन्त तस्वीर देखाएको छ । लाहुरेहरुको संवादले तिनका पीडाको चर्चा समेटेको छ । लिम्बू संस्कृति, चाडपर्व र चाल चलनको मोहक तस्वीर उपन्यासले उतारेको छ । मजस्तो लिम्बू समाजमा हुर्किएको मान्छेलाई उपन्यासमा उल्लिखित ती परिवेश र प्रसङ्गहरु जीवन्त लाग्छन् ।

उपन्यास पढ्दैजाँदा थुप्रै ठाउँमा पेट मिचिमिची हाँस्ने अवस्था समेत आउँछन् । रेडियोमा राम्रो गीत आउँदा रेडियो बन्द गरेको तर पछि प्रेमिकालाई सुनाउन खोज्दा गीत नबजेर परिवार नियोजनको बिज्ञापन बज्दा गोदाइ खाएको र त्यही झोंकमा रेडियो फुटाएको, श्रीमतीको पेवा खसी बेचेर लगाएको दाँत बस यात्रामा बान्ता हुँदा उछिट्टिएर भाँचिएको लगायतका थुप्रै प्रसङ्ग पढ्दा मज्जाले हाँसिन्छ ।

उपन्यासको अन्त्यमा मनु सिजोफ्रेनियाबाट मुक्त हुन्छिन् । उनलाई स्वस्थ गराउन डाक्टर, नर्स , लाहुरे सबैको योगदान हुन्छ । उनी ठिक भएपछि लाहुरे परिवारको तर्फबाट पारिवारिक सम्बन्धमा जोडिन प्रस्ताव आउँछ तर उनी त्यसमा प्रष्ट हुन सक्दिनन् ।उनलाई आफूले एक्लो जिन्दगी बिताउन सक्ने छुइन भन्ने अवश्य ज्ञान हुन्छ तर त्यो स्थान कसले लिने भन्नेमा उनी अनुत्तरित हुन्छिन् । नवीनलाई उनको जीवनमा स्थान दिने कि नदिने सवालमा अनिर्णित रहेरै उपन्यास सकिन्छ ।

वास्तवमा लेखकले एउटा प्रेम कथाको स्वरुपमा ऐतिहासिक विषय , दर्शन र सामाजिक यथार्थलाई कलात्मक र सुस्वादु ढङ्गले प्रस्तुत गरेका छन् । पुस्तक पठनीय र सङ्ग्रहनीय छ । लेखक मनु योङहाङलाई बधाई र निरन्तर सफलताको शुभकामना ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ७ : १८ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक