काठमाण्डौं, डिभिजन टु क्रिकेटको गतराती सम्पन्न खेलमा नेपालद्वारा नेदरल्याण्ड ५ विकेटले पराजित भएको छ । २२५ रनको लक्ष्य पछ्याएको नेपालले १७ बल बाँकी छदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
स्कटल्याण्डको फोर्थहिल क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डले नोह क्रोसको ४८, स्कर्ट एडवार्डको ४६ र विक्रमजित सिंहको ३८ रनको मद्धतले ४९.१ ओभरमा पुरै विकेट गुमाएर २२५ रन बनाएको थियो। नेपालका सोमपाल कामीले ३ तथा ललित राजवंशी र करण केसीले २, २ विकेट लिए ।
प्रत्युत्तरमा आरिफ शेखको ७८ तथा दिपेन्द्रसिंह ऐर र कुशल भूर्तेलको ३८ र २५ रनको मद्धतमा नेपालले ४७.१ ओभरमा लक्ष्य भेट्टायो । डच टिमका लागि माइकल लेभिटले २ र भिभियन किङमा तथा पौल भानले समान १,१ विकेट लिए ।








प्रतिक्रिया