२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विमल कृति पुरस्कार प्रकाश थाम्सुहाङको ‘शब्दथुम’ लाई ,कवितामा नवलपरासीको अन्जान प्रदीप प्रथम



धरान,  कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३३ औं राष्ट्रिय कविता महोत्सव एवम् कवि विमल गुरुङ कृति पुरस्कार २०८० समर्पण समारोहमा आयोजित कविता प्रतियोगितामा नवलपरासीको अन्जान प्रदीप (प्रदीप ढुङगाना) प्रथम हुनुभएको छ ।

शनिबार धरान–१८ कवि विमल गुरुङको पुस्तकालयमा उहाँले “सपना” शीर्षकको कविता वाचन गर्नुभई प्रथम हुनुभएको हो । यसैगरी हाल बेलायत बसोवास गर्ने शान्ति लिम्बुको “थेम्स नदीको किनारै किनार” दोस्रो र मोरङकी समिक्षा छिलिङ राईको “फूल र म” कविता वाचन गर्नुभई तेस्रो हुनुभएको छ ।

उहाँहरुलाई क्रमशः नगद २१ हजार, १८ हजार, १७ हजार रुपियाँ र प्रमाणपत्र प्रमुख अतिथि नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्राडा. भिम खतिवडा, कार्यक्रमका सभापति तथा पुस्तकालय सञ्चालक समिति अध्यक्ष पूणबहादुर गुरुङ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशका कविबाट प्राप्त भएका ८१ कविताहरुमध्ये १० कविता छनौट गरिएको छ । छनौटमा परेकामध्ये उत्कृष्ट तीन कवितालाई क्रमश प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको थियो ।

८१ कविताहरु प्राप्त भएकोमा उत्कृष्ट १० कवितालाई अन्तिम प्रतिस्पर्धाका लागि सिफारिस गरिएको थियो । प्रतियोगितामा समिक्षा छिलिङ राईको फूल र म, दिपेन्द्र आचार्यको ल्याप्चे, मिन्जाई राईको बुढो परदेशी, प्रसान्त उप्रेतीको विलासी राता वाकस, लेकाली कान्छा मुक्कुमको रैथाने बगैचाको अर्गानिक मुस्कान र  दिपा मग्रातीको देशमा मेरो अनुहार कविता उत्कृष्ट १० छनोट भएको थियो ।

यसैगरी कवि विमल गुरुङ पुस्तकालयले प्रदान गर्दै आएको कवि विमल कृति पुरस्कार कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ लाई पुरस्कार प्रदान गरिएको छ । उहाँलाई नगद २ लाख रुपियाँ, ताम्रपत्रसहित दोसल्लाले प्रमुख अतिथि प्राडा.खतिवडाले सम्मान गर्नुभएको थियो ।

त्यसैगरी सुनसरीको तरहरा निवासी युवा कवि विबेक विवश रेग्मीलाई नगद १० हजारसहित यस वर्षको युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा कवि विमलको कविता संग्रह एक किलो जंगल कृति लोकार्पण गरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ६ : ३९ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक