२६ फाल्गुन २०८२, बुधबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ-३,जौबारीमा ट्याक्सी दुर्घटना, नौ घाइते



पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ र ५ को सिमाना जौवारीमा आज ट्याक्सी दुर्घटना हुंदा चालक सहित ट्याक्सीमा सवार नौ जना यात्रु घाइते भएका छन्।

झापा विर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको मे १ ज २४४२ नंको ट्याक्सी अनियन्त्रित भई सडकबाट ३ मिटर तल झर्दा स‍ो दुर्घटना भएको पाँचथर प्रहरीले जनाएको छ।

पाँचथर प्रहरीको अनुसार ५ जना गम्भीर घाइतेहरुमा ताप्लेजुङ फुङलिङ-१ का २३ वर्षिया संगिता साप्कोटा र १७ वर्षिय अर्जुन साप्कोटा, फुङलिङ-२ कै ७२ वर्षिय सुरजकुमारी लिम्बू, फुङलिङ-२ कै ३० वर्षिया कला लिम्बू र पाँचथर कुम्मायक-३ का ३३ वर्षिय चालक खगेन्द्र गदाल छन् ।

सामान्य घाइतेहरुमा फुङलिङ-२ का ३१ वर्षिय कमल लिम्बू , फुङलिङ-२ कै १२ वर्षिया कृष्टिना लिम्बू र सोही ठाउँको ११ वर्षिया कृष्टिन लिम्बू छन्।

बाक्लो हुस्सुको कारण दुर्घटना भएको र  घाइतेहरुक‍ो पाँचथरको स्वास्थ्य केन्द्र गोपेटार, जिल्ला अस्पताल फिदिम र समर्पित अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ९ : ५६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक