२६ फाल्गुन २०८२, बुधबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापामा नेपाल शिक्षक संघको पच्चिसौं प्रतिनिधी सभा सम्पन्न



विर्तामोड,नेपाल शिक्षक संघ,झापाको पच्चिसौं प्रतिनिधी सभा आज झापाको विर्तामोडस्थित गिरिजाप्रसाद स्मृति भवनमा सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ,झापा जिल्ला कार्य समितिको अध्यक्ष तोयानाथ दाहालको अध्यक्षतामा सम्पन्न सो प्रतिनिधी सभाको प्रमुख अतिथी नेपाल शिक्षक संघको संघिय अध्यक्ष सोमनाथ गिरी र र अन्य अतिथीहरुमा नेपाली काङ्ग्रेस झापा जिल्ला कार्य समिती सचिव कृष्ण हुमागाई,नेपाल शिक्षक संघ संघिय महासचिव ज्ञानेन्द्र रावल,प्रवक्ता नारायण प्रसाद तिमिल्सिना  र कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौंलागाई हुनुहुन्थ्यो ।

नेपाल शिक्षक संघ झापा जिल्ला कार्य समितीको सचिव देवेन्द्र राजवंशीद्वारा संचालित सो कार्यक्रममा महिला उपाध्यक्ष लता खरेलले स्वागत मन्तब्य तथा संघिय महाधिवेशन प्रतिनिधी रुपक दाहालले मन्तब्य राख्नु भएको थियो ।

सो प्रतिनिधी सभामा कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाइले सम्बोधन गर्दै शिक्षकहरुको हितको लागी शिक्षक संघ सदैव प्रतिवद्ध रहेको बताउनुभयो भने संघिय प्रवक्ता नारायणप्रसाद तिमिल्सिनाले नेपालको असी हजार बढि शिक्षकहरुको संस्था नेपाल शिक्षक संघले अब केन्द्रमा नेपाल शिक्षक महासंघको नेतृत्व लिने बताउनु भयो ।

सो सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस झापा सचिव कृष्ण हुमागाईले नेपाली काङ्ग्रेसमा सबैभन्दा बौद्धिकता रहेको संगठन भनेकै नेपाल शिक्षक संघ रहेको बताउनुभयो । उता नेपाल शिक्षक संघको संघिय महासचिव ज्ञानेन्द्र रावलले सो प्रतिनिधी सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस थाम्ने र संगठन बचाउने तथा पार्टीको लागि अमृतको काम गर्ने भनेकै नेपाल शिक्षक संघ रहेकोले अब पार्टीको लागि शिक्षक संघको भूमिकामा परिवर्तन आवश्यक रहेको बताउनु भयो ।

सो सभाको प्रमुख अतिथी तथा संघिय अध्यक्ष सोमनाथ गिरीले ऐतिहासिक आन्दोलनको बलमा इतिहासमै पहिलोपटक १ लाख ३० हजार बढि दरबन्दीहरु सिर्जना गर्न नेपाल शिक्षक संघले नेतृत्वकारी भूमिका निर्वाह गरेको बताउनुभयो ।

सो प्रतिनिधी सभामा जिल्लाका पन्ध्रवटै पालिकाका पदाधिकारीहरु लगायत जिल्ला कार्य समितीका पदाधिकारीहरु तथा सदस्यहरु र महासंघका अध्यक्ष लगायत पदाधिकारीहरु सहभागी भएकोमा अध्यक्षको प्रतिवेदन,सचिवको साँगठनिक प्रतिवेदन र अर्थ सचिवको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

 

 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १० : २७ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक