६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मिस लिम्बूको काठमाडौं अडिशनबाट १३ जना छानिए



काठमाडौं ,मिस लिम्बूको पाँचौं संस्करणमा आइतबार   काठमाडौं अडिशनबाट १३ जना छनाेट भएका छन्।

याक्थुङ युथ एसाेसियसनका अनुसार काठमाडौं अनामनगर अडिशनबाट फुङनिमा याेङहाङ,साम्माङ थाम्सुहाङ,ममता आङ्बाे-पाँचथर ,अस्मिता मादेन,गंगा सेम्बु,जमुना सेम्बु-ताप्लेजुङ ,निरुता लिम्बू,सुष्मा इम्सङ-तेह्रथुम र एलिना तुम्बापाे-झापा छानिएका छन् भने डिजिटल अडिशनबाट मुन नाल्बाे-सिक्किम,कल्पना लिङखिम-ताप्लेजुङ ,याङचुली खापुङ र सुम्निमा खापुङ-तेह्रथुम छानिएका छन्।

डिजिटल अडिशनमा काेरियाेग्राफर जयन सुब्बा मानन्धर ,डम्बर नेपाली ,आशा नेम्वाङ ,सूर्य सुवेदी ,भुपेन्द्र तुम्बाहाम्फे,गायिमा बिष्णु चेम्जोङ लगायतका निर्णायक हुनुहुन्थ्यो ।

यस अघि धरानबाट १४ जना र काठमाडौंबाट १३ गरेर २७ जनाले मिस लिम्बूको लागि प्रतिष्पर्धा गर्नेछन् ।

विजेताले रु ५० हजार सहित स्कुटर तथा हङकङ भ्रमण तथा फस्ट  रनर अपले नगद रु १ लाख ५० हजार र सेकेन्ड रनरअपले नगद रु ५० हजार प्राप्त गर्ने जनाइएको छ।

“सम्मान मिस लिम्बू २०७९”काे ग्रान्ड फिनाले यहि चैत ११ गते शनिवार राजधानीकाे प्रज्ञाप्रतिष्ठानमा हुने बताइएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ९ : ०७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज