काठमाडौं ,मिस लिम्बूको पाँचौं संस्करणमा आइतबार काठमाडौं अडिशनबाट १३ जना छनाेट भएका छन्।
याक्थुङ युथ एसाेसियसनका अनुसार काठमाडौं अनामनगर अडिशनबाट फुङनिमा याेङहाङ,साम्माङ थाम्सुहाङ,ममता आङ्बाे-पाँचथर ,अस्मिता मादेन,गंगा सेम्बु,जमुना सेम्बु-ताप्लेजुङ ,निरुता लिम्बू,सुष्मा इम्सङ-तेह्रथुम र एलिना तुम्बापाे-झापा छानिएका छन् भने डिजिटल अडिशनबाट मुन नाल्बाे-सिक्किम,कल्पना लिङखिम-ताप्लेजुङ ,याङचुली खापुङ र सुम्निमा खापुङ-तेह्रथुम छानिएका छन्।
डिजिटल अडिशनमा काेरियाेग्राफर जयन सुब्बा मानन्धर ,डम्बर नेपाली ,आशा नेम्वाङ ,सूर्य सुवेदी ,भुपेन्द्र तुम्बाहाम्फे,गायिमा बिष्णु चेम्जोङ लगायतका निर्णायक हुनुहुन्थ्यो ।
यस अघि धरानबाट १४ जना र काठमाडौंबाट १३ गरेर २७ जनाले मिस लिम्बूको लागि प्रतिष्पर्धा गर्नेछन् ।
विजेताले रु ५० हजार सहित स्कुटर तथा हङकङ भ्रमण तथा फस्ट रनर अपले नगद रु १ लाख ५० हजार र सेकेन्ड रनरअपले नगद रु ५० हजार प्राप्त गर्ने जनाइएको छ।
“सम्मान मिस लिम्बू २०७९”काे ग्रान्ड फिनाले यहि चैत ११ गते शनिवार राजधानीकाे प्रज्ञाप्रतिष्ठानमा हुने बताइएको छ।
प्रतिक्रिया