६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा नामिबिया २विकेटले पराजित,कुशल भूर्तेलकाे शानदार ब्याटिङ



काठमाडौ,त्रिवि मैदान किर्तिपुरमा आज भएको नेपाल र नामिबियाबिचकाे लिग टु क्रिकेट म्याचमा नेपालले कुशल भूर्तेलकाे शानदार ब्याटिङकाे मद्दतले नामिबियालाई २ विकेटले पराजित गरेकाे छ।

नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतिमा २८६ रन बनाउदै लक्ष्य भेटेकाे थियो । यसअघि नामिबियाले ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको थियाे।

नेपालकाे लागि कुशल भूर्तेलले ११३ बलमा १० चौका र ४ छक्काकाे मद्दतले ११५ रन बनाए।कप्तान राेहित पौडेलले ७२ रन,ज्ञानेन्द्र मल्लले २५ रन र सन्दिप जाेराले २८ रन जाेडे।करण केसीले १२ बल खेल्दै १ चौका र २ छक्काकाे मद्दतले अविजित २० रन बनाए।

उता नामिबियाकाे लागि रुबेन ट्रम्पलमेेन र जान निकाेलले ३,३ तथा बर्नाड स्टाेल्कज र तांगेनी लुंगामाेनीले समान १,१ विकेट लिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज