६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाइसमा सविना उपविजेता,कराेडौ संगितप्रेमिहरुकाे मन जितिन्



काठमाडौ, रियालिटी गायन शाे द भ्वाइसअफ नेपालकाे सिजन फाेरकाे अन्तत: परिणाम सार्वजनिक भएकाे छ।टिम राजेशबाट फाइनलमा पुगेकि नेपाली चेलि सविना याेङहाङ उपविजेता अर्थात फस्ट रनरअप बनेकि छन्।उपविजेता बनेपनि नेपाली चेलि सविना देशविदेशका कराेडाै दर्शक तथा श्रोताहरुकाे मनमुटुमा बस्न सफल भएकि छिन्।

पाँचथर थर्पु जन्मघर भइ हाल झापा हल्दिबारी घर भएकि बाईस वर्षिया नेपाली चेली सविना याेङहाङलाई नेपाली साधना सरगमकाे उपनामबाट परिचित छिन्।जुनसुकै,जस्ताेसुकै गितहरुमा पनि उत्तिकै भर्साटायल गायन पस्किने चेलिले टप टुवेल अर्थात लाइभबाट आफुलाई देशविदेशका दर्शकहरुकाे भाेटिङबाट टप एट ,टप फाेर हुँदै फस्ट रनरअप बन्न सफल बनिन्।

लाइभदेखि नै  सविनालाई हिलिहाङ मिडिया तथा हिलिहाङ डटकमले’सविनालाई साथ र सहयाेग ‘ अभियान मिडियालक्षित तथा स्कुल कलेजकेन्द्रित सन्चालन गरेर देशकाे पाँचथर, विर्तामाेड इटहरी,विराटनगर,धरान,सिमरा,भरतपुर,बुटवल,पाेखरा,काेहलपुर,नेपालगन्ज,कैलाली,सुर्खेत अछामबाट भाेटिङ गराएकाे थियाे।हिलिहाङ मिडियाकाे याे अभियानमा जाेडिनु भई सविनालाई भाेट गर्नुहुने सम्पूर्ण सहयाेगी हातहरुप्रति हार्दिक धन्यवाद र आभार! आज नेपाली संगितले एक भर्साटायल र सम्भावना बाेकेकाे आवाजकाे रुपमा नेपाली छाेरी सविना याेङहाङलाई प्राप्त गरेकाे छ।

टिम राजुबाट अमेरिकाबाट आउनुभएकाे करण राई विजेता तथा टिम प्रमाेदबाट याेगेश मगर सेकेन्ड रनरअप बन्दा टिम प्रविशाबाट ताप्लेजुङका शाहिल लिम्बू चौथाे बन्न सफल बन्नुभयाे।सम्पूर्ण भ्वाइसका विजेताहरुलाई बधाई!!

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १२ : ०७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज