५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काभ्रेकाे बेथानचाेक बसदुर्घटनामा मृतककाे संख्या १७ पुग्याे



बनेपा,काभ्रेपलान्चाेक जिल्लाकाे बेथानचाेकगाँउपालिका वडा नं ४ चलाल गणेशस्थानमा आज भएकाे बस दुर्घटनामा परेर याे समाचार तयार पार्दासम्म मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ।मृत्युहुनेहरुकाे पहिचान हालसम्म खुलाइएकाे छैन।

आज मंगलबार साझ ब्रतबन्धकाे लागि बनेपा-११बाट बेथानचाेक-५,च्याल्टी पुगेर फर्कदै गरेकाे बा.३ख ४३८५ नम्बरकाे रिजर्भ बस दुर्घटनामा परेकाे हाे।बसमा कति यात्रु सवार थिए यकिन भएकाे छैन।

काभ्रेकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेकाे अनुसार घटनास्थल,शिर मेमाेरियल अस्पताल र बनेपा अस्पतालमा गरेर १७ जनाकाे मृत्यु भएकाे हाे।दुर्घटनाकाे कारण खुलाइएकाे छैन।

यसैबिच गृहमन्त्री बालकृष्ण खाँणले दुर्घटनामा परेका घाइतेहरुलाई तत्काल उद्धार गरि उपचारकाे लागि अस्पताल पुर्याउने व्यवस्था मिलाउन  प्रमुख जिल्ला अधिकारी पाण्डे र काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक चक्रराज जाेशीलाई निर्देशन दिनुभएकाे बताइएकाे छ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ५० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज