काठमाँडौं । काठमाँडौंमा जारी नेपाली काङ्ग्रेसको पन्ध्रौ केन्द्रिय महाधिवेशनमा पाँचथरबाट ७ जना केन्द्रिय सदस्यको उम्मेद्वार बनेका छन् । उहाँहरुमा खुला प्रत्यक्षतर्फ क्र. सं. ४४ का प्रतिनिधि सभा सदस्य माननिय नरेन्द्र कुमार केरुङ, खस आर्य खुलामा क्र.सं. १७ का निर्मल रिजाल र खस आर्य महिलामा क्र. सं. २२ का शान्ता बाँस्कोटा हुनुहुन्छ ।
यसरी नै आदिबासी जनजाती पुरुषतर्फ क्र. सं. १३ र ३७का पूर्ण कुमार तुम्बापो तथा सूर्य कुमार नेम्बाङ, दलित खुलातर्फ क्र.सं. १२ का नीरबहादुर बिश्वकर्मा(विमल) र नेपाली जनसम्पर्क समितिको प्यासिफिक क्षेत्रबाट क्र. सं. १का चण्डीप्रसाद योङ्या हुनुहुन्छ ।
खुला ४५ पदमा ८९ जना, आदिवासी १२ पदमा ४१ जना, खस आर्य खुला १० पदमा २८जना, खसआर्य महिला ८ पदमा ३२ जना तथा दलित खुला ८पदमा ३२ जना र जनसम्पर्क समितिको प्यासिफिक क्षेत्र १ पदमा ७ जना प्रतिष्पर्धामा हुनुहुन्छ।
मतदान आज हुदैँछ।








प्रतिक्रिया