३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काभ्रेकाे बेथानचाेक बसदुर्घटनामा मृतककाे संख्या १७ पुग्याे



बनेपा,काभ्रेपलान्चाेक जिल्लाकाे बेथानचाेकगाँउपालिका वडा नं ४ चलाल गणेशस्थानमा आज भएकाे बस दुर्घटनामा परेर याे समाचार तयार पार्दासम्म मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ।मृत्युहुनेहरुकाे पहिचान हालसम्म खुलाइएकाे छैन।

आज मंगलबार साझ ब्रतबन्धकाे लागि बनेपा-११बाट बेथानचाेक-५,च्याल्टी पुगेर फर्कदै गरेकाे बा.३ख ४३८५ नम्बरकाे रिजर्भ बस दुर्घटनामा परेकाे हाे।बसमा कति यात्रु सवार थिए यकिन भएकाे छैन।

काभ्रेकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेकाे अनुसार घटनास्थल,शिर मेमाेरियल अस्पताल र बनेपा अस्पतालमा गरेर १७ जनाकाे मृत्यु भएकाे हाे।दुर्घटनाकाे कारण खुलाइएकाे छैन।

यसैबिच गृहमन्त्री बालकृष्ण खाँणले दुर्घटनामा परेका घाइतेहरुलाई तत्काल उद्धार गरि उपचारकाे लागि अस्पताल पुर्याउने व्यवस्था मिलाउन  प्रमुख जिल्ला अधिकारी पाण्डे र काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक चक्रराज जाेशीलाई निर्देशन दिनुभएकाे बताइएकाे छ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ५० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु