काठमाडौं, केहिवेर अघि सम्पन्न विश्वकप अन्तर्गत कतारकाे अहमद बिन स्टेडियममा ग्रुप इ काे खेलमा जापानलाई कमजाेर मानिएकाे काेस्टारिकाले १-० गाेलले स्तब्ध पार्दै हराएकाे छ।
बलियाे टाेली तथा चारपटककाे विश्वविजेता जर्मनीलाई २-१ ले हराएको जापानलाई हराउन काेस्टारिकाकाे ८१मिनेटमा केशर फुलरले गाेल गरेकाे थियाे। याे हारसँगै सहजै दाेश्राे चरणमा जाने जापानी सपनामा तुषारापात मात्र भएन थप कठिन समेत बनेकाे छ। स्पेनसँग ७-० ले हारेकाे काेस्टारिकाले जापानलाई १-० ले हराउदा सारा एसियाली फुटबल पारखीहरु स्तब्ध बने।
आज साँझ ६:४५ मा बेल्जियम र माेरक्काे भिड्दैछन्। बेल्जियमले क्यानाडालाई १-० ले र माेरक्काे र क्राेयसिया गाेलरहित बराबरी खेलेका थिए।
प्रतिक्रिया