जाेमसाेम,हिमालपारीकाे जिल्ला मुस्ताङमा नेपाली काङ्ग्रेसले क्लिन स्विप गरेकाे छ।एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेकाे मुस्ताङमा सबै सिट नेपाली काङ्ग्रेसको उम्मेदवारहरुले जितेर क्लिनस्विप गरेका हुन।
प्रदेश(१)मा नेपाली काङ्ग्रेसको नाम्डु गुरुङले नेकपा एमालेका निवर्तमान प्रदेश सांसद इन्दुधारा विष्टलाई २५५ मतान्तरले पराजित गरे। गुरुङले १,०४८ मत ल्याउदा विष्टले ७९३ मत पाउनुभयो।साे क्षेत्रमा १,८५५ मत खसेको थियाे।
प्रदेश(२)मा काेरियाबाट फर्कनुभएकाे युवा विकल शेरचनले एमालेका चन्द्रमाेहन गुरुङलाई हराउनुभयाे।
उता प्रतिनिधि सभा सदस्यमा भने २९ वर्षको युवा याेगेश गौचन थकालीले ९१४ मतान्तरले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउनु भएको थियाे। गौचनले ३,९९२ मत पाउँदा तुलाचनलाई ३,०७८ मत प्राप्त भएकाे थियाे।








प्रतिक्रिया