फिदिम,चिटिक्क काेट पाइन्टमा सजिएर हातमा डायरी अनि मतदाताहरुलाई आफनाे चुनावी प्रतिबद्धता बुझाउदै कहिले च्याङथापु त कहिले दुर्दिम्बामा अहाेरात्र खटिइरहनु भएकाे छ पाँचथरबाट स्वतन्त्र उम्मेद्वारी दिनुभएका हिलिहाङका लाख बहादुर पालुङवा अर्थात एल बि पालुङवा।माैरी चुनाव चिन्हबाट स्वतन्त्र उम्मेद्वारी दिनुभएका पालुङ्वाले पाँचथरे जनताकाे बसाइसराइलाई राेक्ने प्रतिवद्धता जनाउनुभएकाे छ।अर्थशास्त्रमा स्नातकाेत्तर गर्नुभएका पालुङवा लिम्बुवानी आन्दाेलनका याेद्धाकाे रुपमा परिचित हुनुहुन्छ।
पाँचथरे मतदाताहरुले आफुलाई माया गर्नुहुने आशा पालुङ्वाले हिलिहाङ डटकमसंगकाे भेटमा गर्नुभयाे। चुनावी माहाेल विस्तारै आफनाे पक्षमा हुदै गएकाे र सचेत मतदाताहरुकाे सकारात्मक प्रतिक्रिया पाइरहेकाे उहाँले बताउनुभयाे।समृद्ध पाँचथर र बसाैं बसाैं लाग्ने जिल्लाकाे रुपमा रुपान्तरण गर्ने भिजन आफुसंग रहेकाे उम्मेद्वार पालुङ्वाले थप्नुभयाे।
स्वतन्त्र उम्मेद्वार एल बि पालुङ्वा र माैरी चुनाव चिन्हलाई शुभकामना।
प्रतिक्रिया