४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

महाभिडन्त दाेस्राेपटक झापा-३मा,के सिटाैलाले हराउलान् लिङदेनलाई?



विर्तामोड,आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यकाे चुनावी महाभिडन्तमा झापा-३ बाट फेरि एकपटक नेपाली काङ्ग्रेसको पुर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन आमनेसामने हुदैहुनुहुन्छ।

भद्रपुर नगरपालिकाकाे वडा नं १-८,विर्तामाेड नगरपालिकाकाे १० नं वडा र हल्दिबारी,बाह्रदशी र कचनाकवल गाउँपालिका पुरै समेटिएको झापाकाे दक्षिण पूर्वी याे निर्वााचन क्षेत्रकाे पटकपटकको आमनेसामने भिडेका सिटौला र लिङदेनमा कसकाे पल्ला भारि छ त? हिलिहाङ डटकमकाे चुनावि विश्लेषण यसप्रकार रहेको छ।

एमाले,जसपाकाे साथमा मैदानमा ओर्लेका लिङदेनकाे पल्ला माओवादी र एकीकृत समाजवादीकाे साथमा भिडेका सिटौला भन्दा भारी गत स्थानीय निकायकाे निर्वाचनले देखाउँछ।लिङदेन सहितकाे गठबन्धनको वडाध्यक्षहरुले गत स्थानीय निर्वाचनमा ९ वडाध्यक्षसहित ४०,१८९ मतपाउदा लाेकतान्त्रिक गठबन्धनकाे वडाध्यक्षहरुले १८ वडाध्यक्ष सहित ३३,३४९ मत ल्याएको थियाे।याे तथ्यांकले लिङदेन सिटौला भन्दा ६,८४० मतले सुरक्षित हुनुहुन्छ ।

भद्रपुर नपाकाे ८ वडाहरूमा नेपाली काङ्ग्रेस सहितका गठबन्धनका वडाध्यक्षहरुले ८,६६८ मत ल्याउदा एमाले र राप्रपाले १२,५६९ मत पाएकाे छ।उता हल्दिवारीमा राप्रपा र एमालेले ९,९०२ र लाेकतान्त्रिक गठबन्धनले ५,६६६ मत पाएकाे छ।

कचनाकबलमा राप्रपा गठबन्धनले ८,२२३ मत र काङ्ग्रेस गठबन्धनले ९,९२४ मत पाउदा बाह्रदशीमा क्रमशः ८,९२६ र ७,०९८ तथा विर्तामोड १० मा १,५५९ र १,९९३ मत ल्याएका छन्।

 

← Back

Thank you for your response. ✨

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ९ : २१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज