धरान,युद्धसाहित्यका कविता लेख्दै कवि नरेश राईले ‘तेप्लायु’ कविता संग्रहबाट पूर्वकाे मदन पुरस्कार मानिने २०७८ सालकाे विमल कृति पुरस्कार जितेका छन्।
रु २,५१,००० पुरस्कार राशीकाे विमल कृति पुरस्कार २०७८ काेलागि ४२ पुस्तकहरु विमल पुस्तकालयमा दर्ता भएका थिए। प्राप्त पुस्तकहरुमध्ये कविता संग्रहहरु ‘काँशभाडा’,’जब हावा चल्छ’र’यादकाे सन्दुक’ कथासंग्रहहरु “तिउरी” र “ताल्चा” उपन्यासहरु “दार्जिलिङ भर्सेस दार्जिलिङ”,”महाभारा” र “गुरु”तथा इतिहास पुस्तक “सिरिजंघा,फाल्गुनन्द र इमानसिंहकाे लेखाेट” अन्तिम दशमा सिफारिस भएका थिए ।
युद्ध साहित्य र सिर्जना मार्फत नेपाली साहित्यकाे सेवा गरेकाले पुरस्कारको लागि सिफारिस गरिएको बताइएको छ।
पुरस्कार यहि कार्तिक १९ गते ३१ओ राष्ट्रिय कविता महाेत्सव तथा ५१ओ विमल गुरुङ जन्माेत्सव मा वितरण गरिने जनाइएको छ।
प्रतिक्रिया