दक्षिण अफ्रिकालाई १-० ले हराउँदै क्यानाडा विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । लस एन्जल्समा भएको राउन्ड ३२ को खेलमा सह-आयोजक क्यानाडाको लागि स्टेफन इस्टाक्यूवोले दोस्रो हाफको इन्जुरी समयको ९२ मिनेटमा गोल गरेपछि दक्षिण अफ्रिका घर फर्कन बाध्य भयो ।