निर्धारित समयपछि थपिएको समयमा केप भर्डे अभागि सावित भएपछि अर्जेन्टिनासँग पराजित हुदै घर फर्किएको छ ।
उसको लागि डिने बोर्गेजको १११ मिनेटमा गरेको आत्मघाती गोल महँगो भयो ।
उता भाग्यले साथ दिएपछि मेस्सीले २९ मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाए । यो गोल सङ्गै चालु विश्वकपमा हरेक खेलमा गोल गर्दै ७ गोलसहित उनी गोल्डेन बुटको दौडमा सबैभन्दा अघी छन् । मेस्सीको समग्र किर्तिमानी १९ गोलसहित अर्जेन्टिना विश्वकपको प्रिक्वाटरफाइनलमा प्रवेश गर्दा केपभर्डे ३-२ले पराजित भयो । विश्वविजेताको लागि मार्टिनेजले थप गरिएको समयको ९२ मिनेटमा दोस्रो गोल गरे ।
उता केप भर्डेको लागि डिरो डोर्टेले ५९ मिनेट र सिड्नी लोपेज कार्पालले १०३ मिनेटमा गोल गरे ।
पश्चिम अफ्रिकाको एटलान्टिक महासागरमा अवस्थित साढे चार लाख जनसङ्ख्या भएको टापु राष्ट्र केप भर्डेले उत्कृष्ठ खेल खेल्दै संसारभरका दर्शकहरुको मन जित्यो । केप भर्डेको लागि गोलकिपर ४० वर्षिय भजिन्हा उत्कृष्ठ बचाउ गर्दै खेलको नायक बने ।








प्रतिक्रिया